२०८१ असार ३ गते आइतवार

संचारमाध्यमको संरक्षण र दिगो बिकासमा स्थानीय सरकार गम्भिर हुनुपर्नेमा जोड

तुलसीपुर,चैत १० । साझा टाइम्स प्रालीद्वारा संचालित साझा टाइम्स डटकमको चौथो वार्षिक उत्सव बनाएको छ । साझा टाइम्स डटकमले शनिवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव मनाएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले पत्रकारिता क्षेत्रलाई विश्वसनिय बनाउनुपर्नेमा जोड दिए । पत्रकारले माइक त्रेसाएर सिधै पैसाको बांगेनिङ गर्ने गरेको बताउँदै नगर प्रमुख खड्काले यसप्रति पत्रकार महासघं गम्भिर हुनुपर्ने बताए ।


साझा टाइम्स डटकमका अध्यक्ष सुमन केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष सन्तोष सुवेदीले पत्रकारले आफ्नो पहिचान जोगाउन जरुरी रहेको औल्याए । मुलधारको मिडिया कुन हो ? के हो ? त्यो बुझ्न अत्यन्तै जरुरी छ,उनले भने । ’


उपाध्यक्ष सुवेदीले शेयर र लाइकको लागि सामाजिक मुल्यमान्यतालाई बिर्सिएर सामग्री उत्पादन नगर्न पत्रकारलाई आग्रह समेत गरे ।


कार्यक्रममा नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले पत्रकारले दैनिक आफैसंग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको बताए । उनले नागरिकका आवाज कति उठाउन सक्यौं त्यसप्रति ध्यान दिन र स्वमुल्यांकन गर्न आवश्यक रहेको बताए।

आफूलाई पत्रकारितामा टिकाइ राख्न आफ्नो सृजनशिलतामा निखार ल्याउन जरुरी रहेको उल्लेख गरे ।


त्यस्तै प्रेस चौतारी दाङका अध्यक्ष प्रेम बहादुर राम्जाले स्थानीय सञ्चारमाध्यमलाई सरकारले हौसला र सहयोग गर्न आवस्यकता रहेको बताए। जनपत्रकार संगठन दाङ अध्यक्ष हेमन्त प्रकाश वलिले अहिलेको परिवेशमा संचारमाध्यम टिकाउन कठिन भैरहेको धारणा राखे ।


प्रेस सेन्टर दाङ जिल्ला अध्यक्ष राकेश बस्नेतले पत्रकारले कुन समाचार सहि र गलत हो छुट्याउन सक्नुपर्ने धारण व्यक्त गरे। उनले नागरिकहरुमा समाचारप्रतिको अविश्वासनीयता बढ्दै गएकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने औल्लाए। साथै उनले नयाँ र फरक शैलीको क्षमता अभिवृद्धिका लागि टट÷तालिमको ब्यबस्थापन गरिनुपर्ने बताए ।


त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं १६ का वडाध्यक्ष शिवानन्द डांगीले पत्रकारले सत्य ,तथ्य र निष्पक्ष कुराहरु बाहिर ल्याउनुपर्ने बताए ।


कार्यक्रममा पर्यावरण दिगो बिकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतले साझा पत्रकारिता क्षेत्र चुनौतीपूर्ण रहेको बताए । कार्यक्रममा रिपोर्टस क्लब दाङका अध्यक्ष सञ्चार क्षेत्रको अनुगमन, नियमन र सहयोग स्थानीय सरकारबाट नभएको गुनासो गरे।


उनले स्थानीय पालिका भित्र रहेका संचारमाध्यमको संरक्षण र दिगो बिकासमा गम्भिर हुनुपर्नेमा जोड दिए ।


यसैबिच साझा टाइम्स डटकमले आफ्नो चौथो वार्षिक उत्सवका अवसरमा नयाँ पाइला पुर्नस्थापना केन्द्रका कार्यकारी निर्देशक सुरेस भुसाल,साझा टाइम्स डटकमका सम्पादक खुमा पाण्डे र उपसम्पादक दीपक वलिलाई सम्मान गरेको छ ।

उक्त कार्यक्रको सहजीकरण साझा टाइम्स डटकमका सञ्चालक समिति सदस्य सन्तोष अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *