२०८३ असार २८ गते आइतवार

प्रधानमन्त्री प्रचण्डको बेमानीका कारण गठबन्धन तोडिएको हो ः कांग्रेस नेता पौडेल

तुलसीपुर,चैत १० । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले माओवादीको बेमानीका कारण तत्कालीन गठबन्धन तोडेको आरोप लगाएका छन ।

शनिबार रिपोर्टर्स क्लब दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डको बेमानीका कारण गठबन्धन तोडिएको भन्दै आफूहरुको रोदन नभई वास्तविकता भएको पनि बताए ।

उनका अनुसार कांग्रेस पार्टी पहिलो हुँदा पनि कांग्रेसको भन्दा पनि आधा सिट भएको माओवादी पार्टीको नेतृत्वलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्नु पनि अचम्मको विषय थियो ।

गठबन्धनमा नेतृत्व गर्नेको कामप्रति चित्त नबुझाएर गठबन्धनमा आवद्धहरुले गठबन्धन तोड्ने भएयता पनि नेतृत्व गनले नै आफै गठबन्धन तोडेको आरोप लगाए ।

उनले भने,‘ गठबन्धनमा पनि थोरै सिट भएको नेता प्रधानमन्त्री प्रचण्डले धेरै सिट भएको पहिलो पार्टीलाई गठबन्धनबाट निकालिदिनुभयो । तत्काली गठनबन्धनलाई ५ बर्षसम्म निरन्तर दिने कुरा भएको भन्दै उनले काँग्रेसको महासमिति बैठकमा दस्ताबेज मै उल्लेख गरेर भनेको बताए ।

निर्वाचनमा जुन गठबन्धन बनाएको थियौँ, त्यहि गठबन्धनसँग संगै सरकारमा रहने र समझदारी, इमान्दार पूर्व चल्ने भनेर नेपाली कांग्रेसले भनेको समेत उनले बताए ।

यस्तै उनले निर्वाचनमा कसरी जाने भन्ने कुरा पार्टीमा भर पर्ने कुरा भएको भन्दै निवार्चनमा गठबन्धन गर्ने कुरा पार्टीमा एकमत नभएको पनि जिकिर गरे ।

उनले भने,‘ निर्वाचनमा माओवादीसँग गठबन्धन गर्दा पार्टी भित्र निकै टिका टिप्पणी भएको थियो । आम साथीहरुले स्वीकार नगरेको स्थिती बनेको थियो ।

खास गरी माओवादीको जनयुद्धमा नेपाली कांग्रेस माथि भएको प्रहार र निशानाको बिषयमा पार्टीमा पेचिलो र गम्भिर ढंगबाट उठेकोे थियो । ’
माओवादीलाई नै नेतृत्वमा लिने गरी निर्वाचनमा आफ्नो चुनाव चिन्हमा मत नहालेर माओवादीको चुनाव चिन्नमा मत हाल्ने कुरा हाम्रा मतदाताहरुले स्वीकारको विषय नभएको कुरा गएको निर्वाचनले पुष्टि गरेको उनको भनाइ थियो ।

यस्तै उनले सरकार संचलानको सन्दर्भमा संसदभित्र गठबन्धन गर्ने र त्यसैका आधारमा सरकार बनाउने भनेर आफूहरुले स्वीकार गरेर जनतालाई स्थिरताको निम्ती गठबन्धन गरेको भनेको समेत बताए ।

उनका अनुसार तत्कालीन गठबन्धन कसैले तोड्न सक्ने स्थिती नभएको र विभिन्न बाधा, अड्चनको बाजुत पनि हामीले निरन्तरता दिने कोसीस गरेका थियौँ ।

यस्तै उनले कांग्रेसलाई सत्तामा जान कुनै हतार नभएको बताए । उनले राजतिलक गर्दा कहिले सत्तामा र कहिले विपक्षमा हुने भन्दै कांग्रेस पार्टी प्रमुख प्रतिपक्ष दलका रुपमा संसद्मा प्रभावकारी र रचनात्मक भूमिका गरेर अगाडि बढ्ने बताए । सत्तामा जानको निम्ति अप्राकृतिक प्रपञ्च गर्न जरुरी नभएको समेत उनको भनाइ थियो ।

उनले माओवादीको बेइमानीका कारण तत्कालीन गठबन्धन तोडेको आरोप लगाए ।

यस्तै उनले गृहमन्त्री रवि लामिछाने माथि छानविन हुनु पर्नेमा अहिले त्यो मन्त्रालयको उनको नेतृत्वमा हुँदा छानविन राम्रोसँग नहुनेमा आफूहरू शंका रहेको पनि बताए ।

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *