भाँचिएका काम नलाग्ने भइ थन्काएका कुर्सी र मर्मत पछि पुनः दुरुस्तै बनेका कुर्सीहरु ।
तुलसीपुर चैत १० । हजारौं मूल्य पर्ने सुबिधा सम्पन्न घुम्ने कुर्सी बिक्र्री वा भाँचिए तपाँई के गर्नु हुन्छ ? सरकारी अफिस वा कार्यालयहरुमा मूल्यबान त्यस्ता कुर्सीहरु त्यस्तै मिल्काइएका वा फालेको हामी प्रसस्तै देख्दै आएका छौं ।
त्यसले कार्यालयका शोभा मात्रै बिकारेको हुँदैन वा कार्यालय कुरुप मात्रै देखाएको हुँदैन राज्यले लगानी त्यसै सडेर खेर गइ रहेको हुन्छ । हो, त्यस्तै टुटफुट भएका, भाँचिएर काम नलाग्ने भइ थन्काइएका महंगा कुर्सी टेबुल निकै सर्व सुलभ रुपमा मर्मत गरि पहिलाको जस्तै नयाँ बनाइदिने एउटा समुह तुलसीपुरमा क्रियासिल छ ।
झट्ट हेर्दा खासै ठूलो नलाग्ने, हत्तपत्त कसैको ध्यान नजाने यस्तो काम युवा पारश हमाल र उनको समुहले बिगतदेखि नै तुलसीपुर क्षेत्रमा गर्दै आएको छ ।
यतिखेर हमालको समुहले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बिग्रिएर थन्काइएका दुई दर्जन बढी त्यस्ता कुर्सीहरु मर्मत पछि फिर्ता गरि सकेको छ ।
‘हामीले हालसालै अस्पतालका दुई दर्जन बढी त्यस्ता भाँचिएर थन्काइएका कुर्सीहरु मर्मत पछि फेरि पहिलेको जस्तै बनाएर अस्पतालाई फिर्ता गरि सकेका छौं,’ हमालले भने ‘ अब अस्पतालका केही सोफासेटहरु मर्मत गर्ने तयारीमा जुटिरहेका छौं ।’
यो कामबाट युवाहरुले रोजगारी मात्रै पाएका छैनन् अस्पतालको त्यसै गलेर वा षडेर जाने सम्पत्तिपनि थोरै लगानीमा मर्मत पछि पुनः प्रयोगमा ल्याउन सकिएको अस्पतालका जिन्सी शाखा प्रमुख रेश्मी अधिकारीले बताए ।
‘पहिला हामीलाई युवाहरुले के यस्तो काम गर्लान र ? गर्न सक्लान र ? भन्ने लागेको थियो,’ अधिकारीले भने ‘ जब उनीहरुले काम नलाग्ने भइ थन्काएका कुर्सीहरु मर्मत गरि फिर्ता गरे त्यसपछि भन्ने गजबै गरे भन्ने लागेको छ।’
हमाल नेतृत्वको युवाहरुको टोलीले तुलसीपुर क्षेत्र र आसपासका सरकारी कार्यालय वा ब्यक्ति बिषेशका त्यस्ता महंगा कुर्सी र सोफाहरु बिग्रिएर काम नलाग्ने भइ थन्काउँदै आएको भए मर्मत गर्दै आएको छ ।
बित्तिय संस्था, बिभिन्न कार्यालयहरु बाट त्यस्ता कुर्सीहरु मर्मत गरी दुरुस्तै बनाइदिने हुँदा आँफुहरुलाई सम्पकर्म गर्न हमालले आग्रह गर्दै आएका छन् ।
तस्बिरहरु : फरककोण ।