२०८१ जेष्ठ ३० गते बुधवार

चोरीको मोवाइल खोज्न जाँदा ब्राउन सुगर बरामद


दाङ, चैत ९ । बर्दिया जिल्लाको मधुवन नगरपालिका – ९ गाउँ नम्बर १२ की बिमला वलीको घरबाट शुक्रबार बिहान दूई बजेतिर एउटा मोवाइल र केही नगद चोरी भएको थियो ।

सुचना पाएपछि इलाका प्रहरी कार्यालय सानोश्रीबाट प्रहरीको एक टोली बिहान चोरीमा संलग्न संभावित ब्यक्तिको खोजीमा निस्कियो ।

चोरीको बोवाइल र नगद रकम खोज तलास गर्ने क्रममा आशंकित मध्य गुलरिया नगरपालिका – १ का २१ बर्षीय गमनबहादुर कडेलको कोठामा प्रहरी पुग्यो ।

प्रहरीले खान तलासी गर्दा चोरी भएको मोवाइल मात्रै फेला पारेन संगै लागु औषधपनि फेला पा¥यो । उनको कोठाबाट ५५० मिली ग्राम ब्राउन सुगरसमेत बरामद गरेको थियो । तीन वटा पुडियामा ब्राउन सुगरसमेत फेला पारेपछि बिहान सवा ८ बजेतिर प्रहरीले कडेललाई नियन्त्रणमा लिएको बर्दियाका प्रहरी प्रबक्ता डिएसपी तुल्सीराम अर्यालले बताए ।


पक्राउ परेका युवक माथि अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ । खोज तलास गर्दा प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २०८० चैत्र ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *