तुलसीपुर,चैत ८ । बिश्व बन दिवस २१,मार्च २०२४ को अबसरमा तुलसीपुर १२ हरिपौरीमा रहेको मेट्रो कलेजमा भौगोलिक सुचना प्रणाली ( नष्क) सम्बन्धि तालिम सुरु भएको छ । ग्रीन फाउन्डेसन दाङ,हरियाली मन्च नेपाल र मेट्रो कलेज सयुक्त आयोजना भौगोलिक सुचना प्रणाली समन्धी २ दिने तालिम सुरु भएको हो ।
ग्रीन फाउन्डेसन दाङका अध्यक्ष बिस्नु केसीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिका वडा न १२ का अध्यक्ष खुसिराम चौधरीले बन बाताबरण मानिसको जिबनसग जोडिएकोले यसको महत्व धेरै रहेकोमा जोड दिए ।
त्यस्तै स्थानीय सामुदायिक बन महासघ तुलसीपुरका सचिब रक्षा काफ्लेले तुलसीपुरमा १०३ वटा सामुदायिक बन रहेको र त्यस मध्ये कृतिम बनहरु १० वटा रहेको जानकारी दिइन । अहिलेको समय बन जोखिमको मौसम रहेको बताउँदै उनले तालिम पछि विद्यार्थीहरुले गाउँ गाउँ सम्म सचेतना फैलाउनुपर्ने बताइन ।
कार्यक्रममा हरियाली मन्च नेपाल तुलसीपुर दाङका उपाध्यक्ष भागिराम चौधरीले बनमा प्रबिधि महत्वपुर्ण रहेको तर्क गरे ।
तालिमका प्रशिक्षक तुलसीराम वलीले बन मानव जातिका लागि अत्यन्तै आवश्यक रहेको बताए ।
सन २००४ साल देखि बन दिवस मनाउन लागिएको भएपनि राज्य यसको संरक्षणमा गम्भिर नरहेको तर्क गरे । तर पनि बन ४५% भन्दा धेरै बनाउने लक्ष्य नेपालले पूरा गरिसकेको उनले बताए ।
मेट्रो कलेजका निमित्त क्याम्पस प्रमुख कपिल आचार्यको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक सचिन सुवेदीले गरेका थिए ।
२ दिने तालिमको प्रशिक्षकहरुमा रितेश बस्नेत र तुलसीराम वली रहेका छन ।