२०८३ भाद्र १२ गते शुक्रवार

दंगीशरणमा दलित र गैरदलितबिच विवाह गर्ने ११ जोडीलाई सम्मान

प्रमोद आर्चाय, दंगीशरण,चैत ८ । पश्चिम दाङको दंगीशरणमा दलित र गैरदलितबिच विवाह गरेका ११ जोडीलाई सम्मान गरिएको छ ।

आत्म सम्मान समानता र सामाजिक न्याय सहितको समृद्धिका लागी राजनीतिक हक,जातीय छुवाछुत तथा सबै प्रकारका विभेद अन्त्यका लागी दलित अधिकार दशकू भन्ने मुल नारासहित दंगीशरण गाउँपालिकाको आयोजना तथा दलित महिला संघ फेडोको सहकार्यमा ५९ औं अन्तरास्ट्रिय जातीय विभेद उन्मुलन दिवस विविध कार्यक्रम गरी मनाएको छ ।

गाउँपालिकाले दिवसको अवसरमा दलित र गैरदलितबिच अन्तर्कृया तथा जातीय विभेद तथा छुवाछुत उन्मुलनमा गैर दलितको भुमिका विषयक वक्तित्वकला प्रतीयोगिता तथा गाउँपालिकाभित्र दलित र गैरदलितबिच अन्तरजातीय विवाह गर्ने ११ वटा जोडीलाई दोसल्ला तथा प्रमाणपत्र सहित सम्मान गरेको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले जातीय बिभेद तथा छुवाछुत उन्मुलनका लागी सरकारले जती निती कानुन तथा कार्यक्रम ल्याए पनि अझै कार्यान्वयन गर्ने कुरामा चुनौती देखियको बताएका छन् ।

कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले सरकारले छुवाछुत तथा जातीय बिभेद अन्त्य गर्न जती कार्यक्रम ल्याए पनि कहिकतै छिटपुट रुपमा छुवाछुत तथा जातीय बिभेद हुने गरेको प्रती दुख ब्यक्त गरे ।

अर्को प्रसङ्गमा बोल्दै अध्यक्ष गिरीले दंगीशरण गाउँपालिकामा दलित छुवाछुत तथा जातीय बिभेद तथा दलितलाई होच्याउने तथा अपमानित शब्दहरु कसैले कसैलाइ नगर्न र यदि कहिकतै त्यस्तो भए गाउँपालिकाको न्यायिक समिती मार्फत आउन र आफुहरु तत्काल कार्वाहि गर्न तयार रहेको बताए।

आफुहरु निर्वाचित भएर आइसकेपछि भौतीक पुर्वाधारको विकास सङ्गै मानविय विकासलाइ जोड दिदै समाजामा हरेक हिसाबले पछाडी पारीएका दलित, जनजाती, अपाङ्गता सिमान्तकृत, बिपन्नको सवालमा आफ्ना कार्यक्रमहरु प्राथमिकताका साथ अगाडी बढाएको बताए ।

यस बर्षको बजेटमा पनि दलित लक्षित कार्यक्रम गरेको तथा दलित विध्यकलाई समेत सभामा लगेर पास गर्नेगरी अगाडी बढेको अध्यक्ष गिरीको भनाइ छ ।

यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले आफु न्यायीक समितीको संयोजकका तर्फबाट जातीय बिभेदका घटनाहरु आउने गरेको र आफुले दलितका सवालहरुमा न्याय दिदै अगाडी बढेको बताइन् ।

पछिल्लो समयमा अझैपनि कतीपय अशिक्षित ब्यक्तीले जातीय बिभेद र छुवाछुत गर्ने गरेको बताइन् । दलित सम्बन्धी जातीय विभेद र छुवाछुत सम्बन्धी ऐन कानुन बनेता पनि कार्यान्वयनमा कमि भएको प्रती दुख ब्यक्त गरिन् ।

५९ औं अन्तर्राष्ट्रिय जातीय बिभेद उन्मुलन दिवसको अवसरपारी आयोजना गरेको बक्तीत्वकला प्रतीयोगितामा बिरेन्द्र नमुना माध्यमिक विधालाय हेकुलीका रन्जित चौधरी प्रथम, बिरेन्द्र माध्यमिक विद्यालय हेकुलीकै क्रान्ति परीयार दितिय र सिद्ध पृथ्वी जनता माध्यमिक विद्यालय श्रीगाउका निरज देवकोटा तृतिय भएका हुन ।

कार्यक्रम दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको अध्यक्षता, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता जिल्ला समन्वय समिती दाङका सदस्य टोपाराम चौधरी र निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनोद अधिकारीको बिशिस्ट आथित्यतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *