२०८१ असार १० गते आइतवार

गुठीपीडितका माग सम्बोधन गर्न कानुन तर्जुमाको प्रक्रिया अविलम्ब थालनी गर्ने सहमति

घोराहीमा पर्दशनका क्रममा सडकमै सुतेका गुठी पीडितहरु । फाइल फोटो

दाङ,चैत ८ । एक महिनादेखि दाङमा आन्दोलन गर्दै आएका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्ने गरी नयाँ एकीकृत गुठीसम्बन्धी कानुनको तर्जुमा गर्ने प्रक्रिया अविलम्ब थालनी गर्ने सहमति भएको छ ।

सरकार र स्वर्गद्वारी गुठीपीडित किसान संघर्ष समितिबीच बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको वार्तापछि उक्त सहमति भएको हो ।

सहमतिसँगै गत फागुन ८ गतेदेखि सडक आन्दोलन गर्दै आएका किसानले संघर्षका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् ।

‘नेपालको संविधान, २०७२ ले गुठी सम्बन्धमा गरेका व्यवस्था व्यवस्थित गर्न साथै हाल स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने संघर्षरत मोही किसानको मागलाई सम्बोधन हुने गरी नयाँ एकीकृत गुठीसम्बन्धी कानुन तर्जुमाको प्रक्रिया अविलम्ब थालनी गर्ने सहमति भएको छ,’ वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवं मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाले भने, ‘यो सहमतिपछि संघर्षरत मोही किसानले विभिन्न माग राखी यसअघि गर्दै आएका संघर्षका सम्पूर्ण कार्यक्रम आजको मितिदेखि स्थगन गरी गुठीसम्बन्धी आवश्यक कानुन तर्जुमा प्रक्रियामा प्रतिनिधिमूलक ढंगले सम्बन्धित निकायलाई आवश्यक सल्लाह, सुझाव तथा सहयोग उपलब्ध गराउनु हुनेछ ।’

प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *