
दाङ, जेठ १५ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले योगले हरेक मानिसको जीवनमा नयाँ उर्जा थप्ने बताएका छन् । तुलसीपुरको अरनिको मैदानमा ५ दिन सम्म योग अभ्यास पछि उनले बुधवार त्यस्तो बताएका हुन । ‘पाँच दिन योग गर्दा यसले मलाई आनन्दित तुल्यायो । योगले म मा नयाँ उर्जा थपेको छ,’ मेयर पाण्डेले भने । योग अभ्यासले धेरै कुरा फरक ढंगले सोच्न र धारणा बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । व्यक्ति विषेश र समाज रुपमान्तरणका लागि योग मानव जीवनमा अपरिहार्य रहेको उनले तर्क गरे । मेयर पाण्डेले रामदेवको उपस्थितिमा नेपालको सबैभन्दा ठूलो योग शिविर तुलसीपुरमा गर्ने टुङ्गो लागिसकेको जानकारी पनि दिए । तर त्यो शिविर कहिले हुन्छ भन्ने वारेमा भने छलफल वाट टुङ्गोमा पुग्ने जानकारी दिए । योगमा भेटिएका उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिस नहकुल सुवेदीले योगले अल्छिपना घटाउँदै काममा एकाग्रहता ल्याउने अनुभव बाँडे ।
योग अभ्यासले मानिसमा शारिरीक र मानसिक सन्तुलन कायम गर्न सघाउने उनले बताए । उनले योग अभ्यास गर्दा फरक अनुभूति गरेको तथा शरिरको आलश्यता घटेर गएको अनुभूतिपनि साटे । साथै उनले योगले कुनैपनि काममा एकाग्रह भएर लाग्न उत्प्रेरणा पैदा गर्ने भन्दै संभव भएसम्म सबैलाई योग आग्रह गरे ।
नेपाल कम्युनिष्ट पार्टीका दाङ जिल्ला अध्यक्ष टिकाराम खड्काले योग स्वास्थ्यका लागि लाभदायिक भएको बताए । शरिरीक र मानसिक विकारहरु अन्त्य गर्न योग सहयोगी वन्ने खड्काले विश्वास व्यक्त गरे । प्रदेश नं. ५ का योग प्रभारी घोराही निवासी प्रेम शाहले जिल्लामा झन्डै १ सय ३० वटा जति योग केन्द्रहरु रहेको जानकारी दिए । विगत १५ वर्षदेखि योग गर्दै आएका शाहले आफ्नो शरिर र मन मस्तिष्कलाई सफा राख्न योगले सयहोग गर्ने हुँदा यस प्रतिको आकर्षण बढ्दै गएको जानकारी दिए । पत्रकार रेशा शर्मापनि मानसिक तनाव हटाउन र शारिरीक स्पूmर्तिको लागि योग अति आवश्यक रहेको धारणा राखिन । योगको प्रमुख प्रशिक्षकमा पतन्जली योग ५ नं. प्रदेशका प्रमुख प्रशिक्षक दिपक बस्याल थिए ।
पाँच दिन सम्म चलेको कार्यक्रममा तुलसीपुर क्षेत्रका उद्योगी,व्यवसायी लगाएत सर्वसाधारणको समेतको समेत उपस्थिति रहेको थियो । दैनिक झन्डै ३ देखि ४ हजारको संख्यामा तुलसीपुरवासी एकै ठाउँमा भेला भएर योग अभ्यास गरेको यो नै पहिलो पटक हो । तुलसीपुरमा यसरी एकाविहानै अरनिको मैदानमा यतिधेरै मानिसहरु एकै स्थानमा भेला भएको संभव त यो नै पहिलो पटक हो । यतिधेरै मानिस जुटेर एकै थलोमा योग अभ्यास गर्दा उनीहरुको आवाज र तालिले एकाविहानै बजार नै गुञ्जायमान हुने गरेको थियो । पछिल्लो समय जिल्लामा पनि योग अभ्यास गर्नेहरको संख्या बढ्दै गएको छ ।
