२०८३ कार्तिक २५ गते मङ्गलवार

अनुपम अभियान दाङ आउँदै


घोराही, चैत ६ । सुदुरपश्चिमबाट सुरु भएको महिलावादी अनुपम यात्रा मंगलबार दाङ आइ पुग्दै छ ।


अन्तर–पुस्ता महिलावादी मञ्चको आयोजनामा देशव्यापी रुपमा महिलावादी अनुपम अभियान केही समय पहिले सुरु भएको थियो ।


कञ्चनपुरबाट सुरु भएको अभियान बर्दिया, बाँकेमा कार्यक्रम सकेर दाङ आउन थालेको हो ।


यो अभियानको उदेश्य न्यायिक र समतामुलक समाज बनाउन टेवा पु¥याउने, पछाडि पारिएका समुदाय र महिलाका आवाज बुलन्द गर्दै उनीहरुलाई राष्ट्रको हरेक तहमा निर्णायक भूमिकामा पु¥याउने र आत्मसम्मान एवं आत्मनिर्भता बढाउने भन्ने छ ।


मंगलबार दिउसो ३ बजे घोराहीको तुलसीपुर चोकमा विविध कार्यक्रम आयोजना हुने अभियानका सदस्य एवं नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिइन ।

प्रकाशित मिति : २०८० चैत्र ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *