२०८१ जेष्ठ ३० गते बुधवार

रुकुमबाट छुटेको बस निसिखोलामा दुर्घटना हुँदा ७ जनाको मृत्यु, २५ घाइते


रुकुम पश्चिम ,चैत ५ । रुकुम पश्चिमबाट सोमबार काठमाडौंका लागि छुटेको बस मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको निसी खोलामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन केसिका अनुसार बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस निसीखोला गाउँपालिका-६ जाउले पानी भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी २५ जना घाइते भएको प्रहरीले जनाएको छ । सोमबार साँझ करिब ४ बजेतिर दुर्घटना भएको थियो । घाइतेहरुलाई बुर्तिबाङ स्वास्थय केन्द्रमा उपचारका निम्ती लगिएको छ ।

बस सडकदेखि करिब १५० मिटर तल खसेको थियो । बसमा यात्रु संख्या धेरै रहेको र घाइते र मृतकको संख्या समेत यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *