काठमाडौं, चैत ५ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्ड स्वचालित हतियारसहित पक्राउ परेका छन ।
पक्राउ पर्नेमा दीपक खड्का र रामकुमार धिमाल रहेका छन् ।
सोमबार बिहान करिब पौने ११ बजेतिर सर्बौच्च अदालत पुगेका उनीहरु चेकजाँचका क्रममा पक्राउ परेका हुन । सर्बौच्चमा प्रसाईंको मुद्दा सुनुवाइको तालिका थियो । सर्बौच्च अदालतको गेटमा रहेका प्रहरी टोलीले चेक गर्नेक्रममा उनीहरूको साथमा बन्दुक फेला पारेपछि बरामद गरेको हो ।
झोला खान तलासी गर्ने क्रममा स्वचालित एक थान, सानो खाले दुई वटा म्यागजिन, ठूलो दुई वटा म्यागजिन, एउटा म्यागजिन होल्डर र एक सय राउण्ड गोली बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाबाट इजाजत प्राप्त भएको हो। बरामद हतियार जिल्ला प्रशासन कार्यालय झापाबाट अनुमति प्राप्त रहेको पनि प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
