२०८१ असार ८ गते शुक्रवार

कर्णाली पुल एकतर्फी संचालन


दाङ, चैत ५ । बर्दियाको चिसापानीस्थित कर्णाली पुल एकतर्फी रुपमा संचालन आएको छ ।

आगलागीको एक हप्ता पछि सोमबारदेखि सवारी साधन एकतर्फी रुपमा संचालन गर्न अनुमति दिइएको छ ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी बेदप्रशाद खरेलले सोमबार बिहान ९ बजेतिर एकतर्फी रुपमा सवारी साधन संचालनको अनुमति दिएका हुन ।


गत सोमबार बेलुकी साढे चार बजेतिर वीरगंजबाट धनगढीतर्फ लाइटर बोकेर जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासी आगलागी भएको थियो । जसबाट पुलमा पनि क्षति पुगेको थियो । त्यो आगलागी पछि पुलहुँदै यातायातका साधान संचालनमा रोक लगाइएको थियो ।

पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधन बैकल्पिक मार्ग हुँदै कैलालीको लम्कीदेखि टीकापुर, बर्दियाको राजापुर, भुरिगाउँको संचालन हुँदै आएका थिए ।

पुलमा पुगेको क्षतिको चेकजाँच तथा अध्ययनका लागि मेसिनसहित मंगलबार बुटवल र काठमाडौं बाट एउटा टोली त्यहाँ पुगेका थियो ।

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *