२०८३ कार्तिक २३ गते आइतवार

ढकेरीमा एक जना जेष्ट नागरिकको शब फेला



दाङ, चैत ४ । बाँकेको ढकेरी नजिकै एक जना जेष्ट नागरिकको शब फेला परेको छ ।


सल्यानको दार्मा गाउँपालिका– १ का ७१ वर्षीय नगेन्द्रप्रसाद शर्मा पूर्व पश्चिम राजमार्ग अन्र्तगत ढकेरीदेखि तीन किलोमिटर पश्चिमतर्फ सडक खण्डमा उनको शब आइतबार एकाबिहानै बिहान फेला परेको हो ।

ढकेरीदेखि तीन किलोमिटर पश्चिमतर्फको सडक खण्ड नजिकै शब फेला परेको हो ।
बाँके राष्ट्रिय निकुञ्ज अन्तरगत पूर्वपश्चिम राजमार्ग अन्तर्गत ढकेरी नजिकको जंगलमा शर्माको शब फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी सुवाशचन्द्र बोहराले जानकारी दिए ।


गिदी र पछाडिको हिपको भाग खाएको अवस्थामा शब फेला परेको हो ।

बिहान ढकेरीबाट कोहलपुरमा रहेका आफन्तकोमा जान हिडेका शर्मालाई भालुले आक्रमण गरेको आशंका गरिएको छ । शर्मा ढकेरी नजिकैको गाउँमा आफन्तको घरमा बस्दै आएको प्रहरीले बताएको छ ।

शब पोष्ट मार्टमाका लागि अस्पतालमा लगिएको छ । पोष्ट मार्टम रिपोर्ट पछि शर्माको मृत्युको कारण भन्न सहज हुने बाँके राष्ट्रि निकुञ्जका सूचना अधिकारी श्यामकुमार शाहले जानकारी दिए ।


जंगली जनावर भालुको आक्रमणबाट शर्माको मृत्यु भएको आशंका गरिएको छ । शव पोष्ट मार्टमका लागि अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *