२०८१ असार ७ गते बिहिवार

सामुदायिक बनका उपभोक्तालाई आर्थिक रुपमा सक्षम बनाउने अभियानमा छौ : भारती पाठक


तुलसीपुर,चैत २ । तुलसीपुरमा उद्यम विकास तालिम शुरु भएको छ ।

ग्रिन फाउण्डेशन नेपालको आयोजनामा सामुदायिक बनको कार्ययोजना निर्माण, डाटा पोर्टल तथा उद्यम विकास सम्बन्धि तालिम शुरु गरिएको हो ।

चार दिनसम्म संचालन हुने तालिमको उद्घाटन बागमती प्रदेश सभा सदस्य भारती पाठकले उद्घाटन गरेकि हुन ।

ग्रीन फाउन्डेसन दाङका अध्यक्ष बिष्णुबहादुर केसीको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य पाठकको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि पाठकले स्थानीयस्तरमा नागरिकका आवश्यकता बुझ्न सक्नुपर्नेमा जोड दिइन । उनले समुदायको अधिकार स्थापित गर्न अघि बढेको बताउँदै सामुदायिक बनका उपभोक्तालाई आर्थिक रुपमा सक्षम बनाउन ग्रिन फाउण्डेशनको अभियान रहेको बताइन ।

स्थानीय सरकारमार्फत बनमा आश्रित समुदायको सशक्तिकरण गर्ने लक्ष्य रहेको उनको भनाई छ । संविधानमा व्यवस्था भए अनुसार कानुन बन्नुपर्ने भन्दै स्थानीय सरकारले प्रष्टरुपमा कानुन निर्माण गर्नुपर्ने उनले बताइम ।

उनले स्थानीय उत्पादन बाहिर देशमा निर्यात गर्न उद्यम, सिप र कामको निरन्तरतासंग जोडिएको बताइन । सामुदायिक बनबाट संभावना खोज्नुपर्ने बताइन।

उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरीले आर्थिक रुपान्तरणमा ग्रिन फाउण्डेशनले महत्वपूर्ण भूमिका खेलेको बताइन ।

उनले तालिमलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिइन ।

त्यस्तै ग्रिन फाउण्डेशन नेपालका अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका निवर्तमान नगरप्रमुख घनश्याम पाण्डेले बनको संरक्षणले आर्थिक रुपान्तरण गर्न सकिने र जलवायु असरबाट बचाउन सकिने बताए ।

संविधानमा प्राकृतिक स्रोत (जल,जमिन,जंगल)को उपभोग गर्ने अधिकार भएको तर व्यवहार तहमा कार्यान्वयन गर्न नसकेको बताए ।

उनले देशभरका एक सय बढी पालिकामा बन ऐन बनाएर कार्यान्वयनको चरणमा रहेको बताए ।

स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने बन पैदावार गरी उद्यमको विकास गर्न सकिने बताए ।

उनले नेपालमा करिब १० लाख युवाहरुलाई रोजगारी दिन सकिने भएपनि व्यवहारमा कार्यान्वयन नभएको बताए ।

काठ, जडिबुटीको उपयोग गरी संभव रहेछ भन्ने देखाउन तालिमको आयोजना गरिएको बताए ।

जलवायु परिवर्तनको संकल्पलाई स्थानीयस्तरबाट पहल गर्न सकिने बताए । बनलाई जिविकोपार्जनसंग जोड्नका लागि पनि ग्रिन फाउण्डेशनले अभियान थालेको बताए ।

भावि पुस्ताको नाममा वर्तमान पुस्ता मर्न नहुने भन्दै उनले बन जोगाउँदै बनबाट आर्थिकोपार्जन गर्न सकिने बताए।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले नागरिक उद्यमी नबन्दासम्म देशमा आर्थिक रुपान्तरण हुन नसक्ने बताए ।

उनले देशमा अहिले आम्दानीभन्दा खर्च बढी भइरहेको अवस्थामा उद्यमशिलता आवश्यक रहेको बताए । उनले सामुदायिक बनबाट उपभोक्ताले लाभ लिने गरी कार्ययोजना बन्नुपर्ने बताए ।

सामुदायिक बन उपभोक्ता महासंघ दाङका उपाध्यक्ष चन्द्रबहादुर वलीले स्थानीय स्रोत साधनको प्रयोग गरी आर्थिक विकास गर्न सकिने बताए ।

स्थानीय बन महासंघ तुलसीपुरका सचिव रक्षा काफ्लेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण अरबिन पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *