२०८१ असार ८ गते शुक्रवार

तुलसीपुरका न्यौंपानेको डिम्याट खातामा करिब ५९ लाख आएपछि …

तुलसीपुर, चैत २ । दाङ तुलसीपुरका एक ब्यक्तिको डिम्याट खातामा लाखौं रकम एकाएक जम्मा भएको छ ।


तुलसीपुरमा कञ्चन आर्युेबेदका संचालक कैलाश न्यौंपानेले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत एकाएक जम्मा हुन आएको ५८ लाख ८५ हजार रकम बारे सार्वजनिक गरेका छन् ।


अप्पर तामाकोशी हाइड्रो पावर लिमिटेडबाट उनको डिम्याट खातामा बिहीबार उक्त रकम जम्मा हुन आएको थियो । न्यौंपानेका अनुसार लिमिटेडको राइट शियर र बोनस बाफत ५८७६ किक्ता शेयर पाउनु पर्नेमा डिम्याट खातामा ३२६२० कित्ता बराबरको रकम आएको जानकारी दिए ।

बुधबार मात्रै अप्पर तामा कोशीले आफ्ना शेयर धनिका लागि बोनस बाँडेको थियो । एकाएक ठूलो धनराषी डिम्याट खातामा जम्मा हुन आएपछि आँफुलाई आश्चर्य लागेको र त्यो कर्मचारीको लापरबाहीका कारण भएको हुँदा आँफुले जति हुन्छ छिटो फिर्ता गर्न चाहेको पनि न्यौंपानेले बताए ।

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *