२०८१ असार ३ गते आइतवार

बालबालिको शैक्षिक उन्नयनका लागि त्रिपक्षिय सम्बन्ध हुनुपर्छ – बिमल रिजाल


तुलसीपुर , फागुन ३० । रोट्रयाक्ट क्लबका अशिष्टेन्ट गर्भनर बिमल रिजालले बालबालिकाको शैक्षिक उन्नयनका लागि मजबुत त्रिपक्षिय सम्बन्ध हुनुपर्ने बताएका छन् ।


बिहीबार रोट्रयाक्ट क्लब अफ तुलसीपुरले होटेल वष्टर्न प्यालेसमा आयोजना गरेको साप्ताहिक समारोह अन्तरगत चौथो दिनका दिन आयोजना गरेको ‘बर्तमान नेपाल’ नामक खुल्ला बक्तत्व कला प्रतियोगितामा प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै रिजालले त्यस्तो बताएका हुन ।


घरको वातावरण तथा संस्कार, शिक्षक र विद्यार्थीको मेहनतले मात्रै शिक्षा क्षेत्रमा थप सफलता हासिल गर्न संभव हुने उनले बताए । ‘आजको बकृत्व कला प्रतियोगितामा सहभागि बिद्यार्थी भाइ बहिनीको क्षमताले आधुनिक नेपाल निर्माणको मार्ग निर्देश गर्छ,’ रिजालले भनेका थिए ‘ देश काल परिस्थितिबारे यत्तिको जाने बुझेका बालबालिका भए उनीहरुलाई कक्षा ७ मा पढेपनि मताधिकार दिए फरक पर्दैन ।’


नयाँ र आधुनिक नेपाल निर्माणको लागि यत्तिकै सक्षम बिद्यार्थी भए कक्षा ७ मा पढ्ने भएपनि सही नेतृत्व चुन्न उनीहरु सफल हुन्छन् भन्ने आँफुलाई लागेको रिजालले बताएका थिए ।


तुलसीपुर क्षेत्रका प्रतिष्ठित ब्यबसायीसमेत रहेका रिजालले रोट्रयाक्ट कलबले गरि रहेको साप्ताहिक समारोह मध्य बिहीबार आयोजना गरेको खुल्ला बक्तत्वकला प्रतियोगिताले बालबालिकामा आत्मविश्वास जागृत बनाउन भूमिका खेलेको बताएका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै रोटरी क्लव अफ तुलसीपुरका अध्यक्ष पवन योगीले नकारात्मक भन्दा सकारात्मक र सृजनसिलमा काममा लाग्नका लागि युवा बर्गलाई प्रोत्साहन गर्नुपर्ने बतताएका थिए ।


खुल्ला बक्तत्व कला प्रतियोगिताको निर्णायक मण्डलमा बरिष्ठ अधिबक्ता डिल्लीराज धिताल, तुलसीपुर मेट्रो कलेजका प्रिन्सिपल वशन्त आचार्य र नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का रहेका थिए ।

रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष इनुप भण्डारीको अध्यक्षतामा भएको खुल्ला बक्तत्व प्रतियोगिता कार्यक्रम क्लवका संस्थापक अध्यक्ष विनिल केसीको स्वागत मनतब्यबाट सुरु भएको थियो । कार्यक्रमको सहजीकरण क्लवका महासचिव किरण पुनले गरेका थिए ।


खुल्ला बक्तत्वकला प्रतियोगितामा बिभिन्न १२ विद्यालयका बिद्यार्थीको सहभागिता थियो । प्रतिष्पर्धी मध्य ज्ञानज्योति माबिकी बबिता भण्डारी प्रथम हुन सफल भएकी थिइन । भण्डारीलाई आयोजक रोट्रयाक्ट क्लब अफ तुलसीपुरले सम्मान स्वरुप ट्रफी प्रदान गरेको थियो ।

प्रकाशित मिति : २०८० चैत्र १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *