२०८१ असार ८ गते शुक्रवार

आगलागीले कर्णाली पुलमा क्षति,पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दाङ, फागुन २९ । सोमबार बेलुकी कर्णाली पुलमाथि गुडि रहेको एक ट्रकमा लागेको आगोको कारण कर्णाली पुलमाथि क्षति भएपछि पूर्व पश्चिम राजमार्ग अबरुद्ध हुन पुगेको छ ।

आगलागीबाट झन्डै दश मिटर जति पुलका सपोर्ट लठ्ठाहरुमा क्षति पुगेको हुँदा प्रहरी प्रशासनले पुल हुँदै यात्रा गर्न रोक लगाएको हो ।


पूर्वपश्चिम राजमार्गमा चल्ने सवारीसाधन कैलालीको लम्कीदेखि टीकापुर, बर्दियाको राजापुर, भुरिगाउँको वैकल्पिक मार्ग हुँदै संचालन गरिएका छन् । स्थानी प्रहरी प्रशासनले पुलमा पुगेको क्षतिका कारण राजापुर सत्ति पुल, कोठीयाघाट गेरुवापुल, गुलरिया, नेपालगन्ज हुँदै यात्रा गर्न भनेको छ ।


मंगलबार बुटवलबाट पुलको अवस्था चेक जाँच गर्न मेसिन सहित प्राबिधिक टोली त्यहाँ पुग्दै छ । त्यो टोलीले क्षति बारे एकिन गरेपछि पुलको अवस्था थाहाँ हुने र त्यसपछि मात्रै के गर्ने ? भन्ने एकिन हुने छ ।

लाइटर बोकेर वीरगंजबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको ट्रक र ट्रकको सबै सामान जलेर नष्ट भएको बर्दियाका प्रहरी प्रमुख एसपी प्रबिण धितालले जानकारी दिए ।

प्रकाशित मिति : २०८० फाल्गुन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *