२०८३ भाद्र ११ गते बिहिवार

तुलसीपुरका मनबहादुरले अमेरिकामा गरे आत्महत्या


दाङ, फागुन २८ । दाङका तुलसीपुरका एक युवकले अमेरिकामा आत्महत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका – ७ खर्चवाका ३६ बर्षीय मनबहादुर पुनले आइतबार आत्महत्या गरेका छन् ।


राप्ती समाज अमेरिकाका अध्यक्ष तथा तुलसीपुर घर भइ हाल अमेरिकामा बस्दै आएका सुरेश हमालले पुनले हात्महत्या गरेको सामाजिक संजाल मार्फत उल्लेख गरेका छन् ।


हमालका अनुसार पुन अमेरीकाको क्यालीफोर्नियास्थित सेक्रोमेन्टोमा रहेको ‘नमस्ते सेक्रोमेन्टो रेस्टुरेन्टमा कार्यरत’ थिए ।
श्रीमति ४० बर्षीया शान्ति पुनका आफन्तले आइतबार बिहान ५ बजेतिर श्रीमान मनबहादुरले काम गर्ने ठाउँमै झुण्डिएर आत्महत्या गरेको खबर दिएका थिए ।


श्रीमति शान्तिसंग मनबहादुरले बिगत केही सयम यता बिदेशमा ठूलो दुःख बेसाउनु परेको कुरा गर्दै आएका थिए ।
उनीहरुका १२ बर्षीय समिन र १० बर्षे छोरा संगम छन् । उनीहरु कक्षा ६ र कक्षा ३ मा अध्यनरत छन् ।


मनबहादुर गत चैत १२ गते घर छोडेर गएका थिए । अबैध मार्ग ‘तल्लोबाटो’ हुँदै अमेरिका जान उनलाई झन्डै ६ महिना दिन लागेको थियो । शान्तिका अनुसार एजेन्टलाई ५० लाख बढी तिरेर मनबहादुर अमेरिका पुगेका थिए ।


अमेरिका पुगेर काम सुरु गरेको ५ महिनाको अन्तरालमै मनबहादुरले आत्महत्या गरेपछि परिवार बिछिप्त बनेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *