दाङ, फागुन २८ । बर्दियाको कर्णाली पुल माथि लाइटर बोकेर गुडिरहेको ट्रकमा आफसे आफ आगलागी भएको छ ।
बीरगंजबाट धनगडी तर्फ जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको चल्ती ट्रकमा आँफै आगो लागेको जिल्ला प्रहरी प्रमुख एसपी प्रबिण धितालले जानकारी दिए ।
बेलुका साढे ४ बजेतिर पुलमाथि गुडि रहेको ट्रकमा एकाएक आगो लागेको खबर पछि लम्की नगरपालिकाका साथै अर्कौ एउटा दमकलपनि आगो नियन्त्रणका लागि पठाइएको उनले बताए ।
पछाडि भागबाट आगो सल्किएको हुँदा ट्रकको वाइरिङ सर्ट भइ आगो लागि भएको आशंका गरिएको छ ।
घटना बारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार