२०८१ बैशाख १० गते सोमवार

तुलसीपुरसम्म आइपुग्दा ६० हजार किताब बिक्रि भयो – महाबीर पुन


तुलसीपुर, फागुन २६ । राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक अध्यक्ष महाबीर पुनले दाङसम्म आइपुग्दा ६० हजार किताब बिक्रि गरि सकेको बताएका छन् ।


देशका बिभिन्न सहर बजारमा किताब बेच्न डुली रहेका पुन सुदुरपश्चिमको महेन्द्रनगरबाट दाङ आइ पुगेको हुन । आँफैले लेखेको र आफ्नै जीवनीमा आधारित ‘महाबीर पुन’ नामक किताब बेच्ने क्रममा उनी दाङ आइपुगेका हुन ।
किताब बेचेर संकलन भएको रकमबाट बीरगञ्जमा कृषि औजारको कारखाना स्थापना गर्ने उदेश्य रहेको उनले बताउँदै आएका छन् । तुलसीपुर बजारको बीरेन्द्र चोक लगाएतस्थानमा उभिएर शुक्रबार दिनभर जसो किताब बेचेका पुन शनिबार बिहान नेसनल प्याब्सन दाङले तुलसीपुरमा गरेको १६औं साधारण सभामापनि पुगेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुरसम्म आइपुग्दा ६० हजार किताब बिक्रि गरि सकेको र देशका एक तिहाइले किताब किने मात्रै कृषि औजार स्थापना गर्ने आफ्नो लक्ष्य पुरा हुने उल्लेख गरेका थिए ।


झन्डै तीन लाख जतिले मेरो किताब किनेमा करिब १६ ÷ १७ करोड जति संकलन हुने र त्यो रकम बीरगञ्जमा कृषि औजारको कारखाना स्थापना गर्न प्रयाप्त हुने उनले बताएका थिए ।


कृषि औजार स्थापना हुन सके त्यसमा झन्डै ६ सय जतिले रोजगारी पाउने उनले विश्वास ब्यक्त गरे । हाल सम्पूर्ण कृषि औजारहरु छिमेकी देश भारत र चीनबाट भित्रने गरेको हुँदा बीरगञ्जमा कृषि औजारको कारखाना स्थापना भए पछि मुलुकका लागि ठूलो उपलब्धि हुने उनले जानकारी दिए ।


सामान्ने भेष भुषा जस्तै चप्पल, ट्राउजर, ढाँका टोपीमा चोकमा उभिएर किताब किनिदिन आग्रह गरि रहेका देखिन्थे ।

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *