२०८१ असार १० गते आइतवार

प्रिगाँउ मन्दिरको महायज्ञबाट ३० लाख जति बचत

प्रतिबद्धताको थप केही रकम संकलन हुन बाँकी


प्रिगाँउ, फागुन २३ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ प्रिगाउँस्थित शिब मन्दिरमा लगाइएको सप्ताहबाट सबै खर्च कटाइ ३० लाख जति बचत भएको छ । बिभिन्न संघ संस्था र स्थानीय सरकार प्रमुखहरुले प्रतिबद्धता गरेको थप ४ लाख जति रकम संकलन हुन बाँकी छ ।


यहाँ पञ्चायन शिव मन्दिरको भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्यका साथ माघ १८देखि २५ गतेसम्म श्रीमद भागवत धनधाञ्याचल सत्पाह ज्ञान महायज्ञ संचालन गरिएको थियो । मन्दिर निर्माणार्थ बढीमा २५ लाख आर्थिक संकलन गर्ने लक्ष्य लिइएको भएपनि त्यसको दोब्बर ५२ लाख बढी रकम दान बाफत संकलन भएको थियो ।

त्यसमध्य कशल बिक्रिबाट ६० हजार सात सय ५०, चालम तथा जिन्सि बिmक्रीबाट ७१ हजार एक सय ६०, दाता संकलन बाट ३९ लाख ५१ हजार सात सय ७०, धान बिक्रिबाट एक लाख ९१ हजार पाँच सय ५० , मण्डब भेटीबाट ३१ हजार ६ सय ४८ र तुलादानबाट ४२ हजार ३१ रुपैंया गरि कुल ४९ लाख ३५ हजार नौं सय ९ रुपैंया नगद दान संकलन भएको थियो । महायज्ञ संचालक समितिका कोषाध्यक्ष केशबराज केसीले त्यसमध्य बिभिद शिर्षकमा १७ लाख ८९ हजार तीन सय ५८ रुपैंया महायज्ञ संचालन गर्दा खर्च लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।


सप्ताह ज्ञान महायज्ञबाट प्रतिबद्धता रकमसहित कुल ५२ लाख २२ हजार १९ रुपै्रंया दान बाफत संकलन भएपनि थप रकम प्राप्त हुन बाँकी रहेको प्रतिबेदन कोषाध्यक्ष केसीले सार्वजनिक गरेका थिए । प्रतिबद्धता गरिएको रकम मध्य अब तुलसीपुर – ११ को वडा कार्यालय बाट एक लाख १५ हजार पाँच सय ५५, तुलसीपुर – ५ को वडा कार्यालयबाट एक लाख पाँच हजार पाँच सय ५५, तुलसीपुर – ३ को वडा कार्यालयबाट ६५ हजार, शान्तिनगर गाउँपालिकाको कार्यालयबाट २१ हजार पाँच सय ५५, तुलसीपुर उद्योग वाणिज्य संघबाट २१ हजार एक सय ११ लगाएत केही ब्यक्ति बिषेशबाट रकम आउन बाँकी रहेको सप्ताह आयोजक समितिका कोषाध्यक्ष केसीले बताए ।


पत्रकार सम्मेलनका प्रमुख अतिथि दंगीशरण गाउँपालिकाका अध्यक्ष शुम्भु गिरीले प्रिगाउँलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा बिकास गर्ने लक्ष्य अनुरुप समुदायले दान गरेको भन्दै उदेश्य परिपुर्तीका लागि सम्पूर्ण दाताहरु सजग भएर लाग्न आग्रह गरे । दान बाफत संकलन भएको रकमको भरपुर सदुपयो गर्न र लक्ष्य अनुरुप मन्दिरको भौतिक निर्माणमा सबैले सहयोग गर्न उनले आग्रह गरेका थिए ।


सप्ताह मुल आयोजक समितिका संयोजक होमप्रकाश गौतमको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा तुलसीपुर – ११ का वडा सदस्य तथा कार्यक्रमका बिशिष्ट अतिथि तिलकराम थारु, कथा बाचक पण्डित कोमल उपाध्याय, समाजसेबीको तर्फबाट स्थानीय खिमबहादुर वली, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्राबि नवलपुरका प्रधानाध्यापक योगराज खत्री, दिब्यज्योति बोर्डिङ स्कुल कचिलाका प्रिन्सिपल राजकुमार गौतम, चन्द्रोदय बिद्याकुञ्ज बोर्डिङका प्रिन्सिपल हरि वली, प्रहरी चौकी जस्पुरका प्रमुख सई बिरबहादुर भण्डारी लगाएतले मनतब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष दलबहादुर वलीसहित सहयोगी बिभिन्न ब्यक्ति र संघ संस्थाका प्रतिनिधिहरुलाई प्रमाण पत्रसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *