२०८१ असार ७ गते बिहिवार

नयाँ राजनीतिक समिकरण पछि लुम्बिनी शिखर सम्मेलन अन्यौंल

दाङ, फागुन २१ । केन्द्रमा राजनीतिक समिकरण फेरिए संगै लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा गर्ने भनेको शिखर सम्मेलन के हुने रु भन्ने बारे अन्यौंलता सृजना भएको छ ।


लुम्विनी प्रदेश सरकारले यही फागुन २८ र २९ गते गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा ‘लौरियट्स एण्ड लिडर्स’ शिखर सम्मेलन गर्ने तयारी ब्यापक रुपमा गर्दैै आएको थियो । केन्द्रमा सत्ता समिकरण परिवर्तन भएको र त्यसको अशर प्रदेश सरकारमा पनि पर्ने स्पष्ट भइ सकेपछि अब त्यो शिखर सम्मेलन हुन्छ कि हुँदैन रु भन्ने अन्यौंलता सृजना भएको स्रोतले बताएको छ ।


बिभिन्न देशका एक दर्जन जति नोबेल शान्ति पुरस्कार बिजेतालाई लुम्बिनीमा ल्याएर विश्वको ध्यान लुम्बिनीमा केन्द्रित गर्ने उदेश्यका साथ लुम्बिनी प्रदेश सरकारले शिखर सम्मेलन गर्ने अन्तिम तयारी गरेको थियो । सम्मेलनका लागि प्रदेश सरकारले बजेटमै ६ करोड ५० लाख रुपैयाँ छुट्याइ सकेको थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तयारी अन्तिम चरणमा पुगेको समयमा सत्ता समिकरणमा भएको फेर बदल पछि शिखर सम्मेलन गर्ने वा नगर्ने बारे मंगलबारको मन्त्री परिषद बैठक पछि मात्रै एकिन हुने बताए ।


मंगलबारको मन्त्री परिषद बैठक पछि शिखर सम्मेलन हुने वा नहुने बिषय निश्चित हुने उनले जानकारी दिए ।
मुख्यमन्त्री चौधरीका अनुसार शिखर सम्मेलनको मुख्य उदेश्य लुम्बिनी ‘ब्राण्डिङ’ गर्नु रहेको पनि बताएका थिए ।

शान्तिभूमि लुम्बिनीलाई विश्वसामु परिचित गराउन बालबालिका, विकास र शान्तिको लागि ‘लौरियट्स एण्ड लिड्र्स’को चौथो शिखर सम्मेलन लुम्बिनीमा आयोजना हुनु राष्ट्रको लागि गौरवको कुरा भएको उनले बताएका थिए ।

फागुन २८ गते लुम्बिनी सम्मेलनकेन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तय भइ सकेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *