२०८१ जेष्ठ ३० गते बुधवार

सितलपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल सवार बाँकेका पाठकको मृत्यु


तुलसीपुर, फागुन २० । तुलसीपुरको सितलपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।


मोटरसाइकल चालक बाँकेको नेपालगञ्ज उपमहानगरपालिका – १ साइगाँउका ३३ वर्षीय सुरेश चन्द पाठकको उपचारका क्रममा मृत्यु भएको छ ।


गम्भीर घाइते पाठकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएकोमा उनको दिउँसो साढे १२ बजेतिर मृत्यु भएको इलका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।


पाठकलाई बिहान ११ ः २० बजेतिर ट्रकले ठक्कर दिएको थियो ।
तुलसीपुरबाट नेपालगञ्ज तर्फ जाँदै गरेको बागमती प्रदेश ०१००३ क ९७५६ नम्बरको मालबाहक ट्रकले विपरित दिशाबाट आउँदै गरेको भे १२ प ३४२२ नम्बरको मोटरसाइकललाई तुलसीपुर उपमहानगरपालिका – १२ सितलपुर नजिकै ठक्कर दिएको थियो ।


मृतक पाठक मार्केटिङमा काम गर्ने युवक रहेको भन्ने खुलेको प्रहरी निरीक्षक मल्लले बताए ।
ट्रक चालक प्रहरी नियन्त्रणमा छन् । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *