बुटवल, फागुन १९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्विनी प्रदेश सरकारले आयोजना गर्न लागेको ‘लौरियट्स एण्ड लिडर्स’ शिखर सम्मेलनमा आउने पाहुना मध्य केहीलाई बर्दिया राष्ट्रिय निकुञ्ज, केहीलाई स्वर्गद्धारी मन्दिर र केहीलाई पाल्पा भ्रमणका लागि लैजाने बताएका छन् ।
शनिबार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री चौधरीले आँफुहरुको उदेश्य ‘ गौतम बुद्ध जन्मस्थल लुम्बिनी’ लाई ब्रान्डिन गर्ने र यसको थप बिकासमा सघाउनु भन्दा अर्थौक नरहेको चर्चा गरेका थिए ।
लुम्बिनी प्रदेश सरकारले यही फागुन २८ र २९ गते लुम्बिनीमा शिखर सम्मेलन आयोजना गर्दै छ। त्यसबारे भइ रहेका अनुचित टिकाटिप्पनी सही नभएको भन्दै आँफुहरुको उदेश्य लुम्बिनीको बिकास र यहाँका पर्यटकीय स्थलहरुको पर्बद्धन भन्दा अर्थौक नभएको बताए ।
मुख्यमन्त्री चौधरीले कुनैपनि छिमेकी राष्ट्रलाई असर पर्ने कुनैपनि गतिविधि नहुेन स्पष्ट पारे ।
पञ्चशिलको शिद्धान्त अनुशरण गरि कुनैपनि छिमेकी राष्ट्रलाई असर पार्ने कुनै उद्देश्य नरहेको उनले उल्लेख गरे ।
शान्ति भूमी लुम्बिनीलाई विश्वसामु परिचित गराउनु , बालबालिका, विकास र शान्तिको लागि पहल गर्नु भन्दा शिखर सम्मेलनको अर्कौ अर्थ नरहेको उनले बताएका थिए । सम्मेलनमा शान्ति र बालबालिकाका विषयमा १० वटा कार्यपत्र प्रस्तुत हुने मुख्यमन्त्री चौधरीले बताए ।
बालबालिकाको विकासमा देखिएका चुनौतिहरु, आधुनिक दासत्व, बेचबिखन, बालविवाह, बालश्रम र प्राकृतिक विपत्तिको प्रभावका बारेमा कार्यपत्र पस्तुत हुने छन् । बालशोषण अन्त्यका लागि प्रतिबद्धतासहितको घोषणापत्र जारी गरिने छ ।
सम्मेलनमा नौ जना नोबेल शान्ति पुरस्कार विजेताहरु, तीन सय जति बिभिन्न क्षेत्रकमा विज्ञहरु र विभिन्न देशका दुई सय जति विकास साझेदार सहभागी हुने मुख्यमन्त्री चौधरीले बताएका थिए ।
शिखर सम्मेलनको फागुन २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तयारी गरिएको छ ।
प्रदेश सरकारले यो सम्मेलनका लागि साढे ६ करोड बजेट बिनियोजन गरि सकेको छ ।
सम्मेलनका लागि विभिन्न दातृ निकायबाट सहयोग जुट्ने भन्दै करिब दुई करोड जति रकम मात्रै सरकारको खर्च हुने मुख्यमन्त्री चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिए ।