२०८१ असार ६ गते बुधवार

सवारी मुद्दामा नेता बाँस्तोलालाई एक बर्ष कैद फैसला

दाङ, फागुन १८ । नेकपा (क्रान्तिकारी कम्युनिष्ट पार्टी) का प्रवक्ता धर्मेन्द्र बाँस्तोलाई सवारी दुर्घटनामा मुद्दामा दाङ जिल्ला अदालतले दोषी ठहर गरेको छ । अदालतले नेता बाँस्तोलाई एक बर्ष कैद र दुई हजार रुपैंया जरिवानाको फैसला सुनाएको छ ।


फागुन १३ गते न्यायाधिस मनोजकुमार श्रीबास्तबको इजलासले नेता बास्तोलाले असबधानी पूर्वक गाडी चलाउउँदा दुर्घटना भएको निष्कर्षसहित त्यस्तो फैसला सुनाएको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिए ।


पूर्वपश्चिम राजमार्गअन्तर्गत कात्तिक २ गते राति पौने १० बजेतिर दाङको राप्ती गाउँपालिका–५ मा नेता बाँस्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यो दुर्घटनाका घाइते मोटरसाइकल चालक राप्ती गाउँपालिका –५ का २९ वर्षीय बसन्तराम चौधरीको केही बेरमै उपचारका क्रममा मृत्यु भएको थियो ।

तिहारको समयमा काठमाडौंबाट गृहजिल्ला सुर्खेतको पञ्चपुरी नगरपालिका– ९ तर्पm जाँदा नेता बाँस्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकल चालकलाई ठक्कर दिएको थियो ।


दुर्घटना पछि नेता बाँस्तोला झन्डै दुई हप्ता जति प्रहरी हिरासतमा बसेका थिए ।


जिल्ला अदालतको यो फैसला बिरुद्ध नेता बाँस्तोलाले उच्च अदालतमा अपिल गर्न पाउने सुबिधा छ । जिल्ला अदालतको यो फैसलाको एक सय दिनसम्म त्यस्तो सुबिधा हरेक ब्यक्तिलाई उपलब्ध हुन्छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *