२०८१ असार ९ गते शनिवार

नेपालगंजमा पाँच तारे होटेल बनाउँदै पौवा प्रालि

दाङ, फागुन १८ । होटेल पौवा प्रालिले बाँकेको नेपालगंजमा पाँच तारे होटेल निर्माणको काम सुरु गरेको छ ।


बाँकेको जानकी गाउँपालिका – ३ मानपुरस्थित आफ्नै दुई बिगाहा क्षेत्रफलमा एक अर्व लगानीमा उस्ले पाँच तारे होटेल निर्माण सुरु गरेको हो । दूई वर्ष भित्रमा निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

इञ्जिनियर प्रदीप भण्डारीले पाँच वटा रेष्टुरेन्ट, चार वटा ठूला सभा हल १४ वटा मिटिङ हल, सात वटा स्वीट रुमसहित ८० वटा डिलक्स रुम निर्माण गरिने छ ।


नेपालगंजमा निर्माण गर्न थालिएको यो होटेल पौवा प्रालिको १३औं शाखा हो । नेपाली हस्पिटालिटीको ब्राण्डिङ गर्ने लक्ष्यसहित सात बर्ष पहिले रुपन्देहीको सालझण्डीबाट होटल पौवा प्रालिले आफ्नो ब्यबसायिक लगानी सुरु गरेको थियो ।

त्यसपछि भैरहवा, दाङको लमही, भालुवाङ, पाल्पा, गुल्मी, जुम्ला, धनगडी, काठमाडौं, पोखरा, चितवन सौराहा लगाएतमा शाखाहरु विस्तार गरिएको अध्यक्ष दुर्गाप्रशाद भण्डारीले बताए ।


नेपालगंजमा बिहीबार शिलन्यास गरिएको पाँच तारे होटेलेको १३औं शाखा भएपनि फागुन २३ गते १४ औं शाखा सौराहामा निर्माण थालनीको यसअघि नै निर्णय भइ सकेको पनि उनले बताए । हाल कोशी र मधेश प्रदेशबाहेक सबै प्रदेशमा उस्का शाखा र सेवाहरु छन् ।


जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ भन्ने मूल आदर्शलाई आत्मासाथ गर्दै नेपाली पर्यटन बजारमा प्रवेश गरेको पौवा प्रालिमा झन्डै ५० जनाको लगानी रहेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *