२०८१ बैशाख १० गते सोमवार

६९ बर्ष पुग्दा पनि विद्यालयको जग्गा दर्ता भएन


तुलसीपुर, फागुन १८ । तुलसीपुर क्षेत्रको शैक्षिक हवको रुपमा रहेको गुरु जजुर नमुना माध्यामिक विद्यालयले भोगचलन गर्दै आएको जग्गा विद्यालयको नाममा दर्ता प्रकृयामा आउन सकेको छैन् ।

गुरु जजुर नमुना माध्यामिक विद्यालय रक्षाचौरले भोगचलन गदै आएको जग्गा विद्यालयको नाममा दर्ता हुन नसक्दा विद्यालयले धेरै समस्या झेल्न बाध्य भएको छ ।

तुलसीपुर–४ रक्षाचौरमा रहेको गुरु जजुर नमुना माध्यामिक विद्यालयले पछिल्लो समयमा शैक्षिक क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल भएको छ । शैक्षिक क्षेत्रमा फटको मारेपनि विद्यालयले भोग चलन गदै आएको जग्गा आफ्नो नाममा नआउँदा अन्य कुरामा समस्या भएको विद्यालयले जनाएको छ ।

६९ औं बर्ष पुरा गरि सक्दा २०११ सालमा स्थापना भएको विद्यालयको जग्गा नाममा दर्ता प्रक्रियाका लागि मन्त्रालयमा फाइल पेश गरेको र त्यस लाई अगाडी बढाई दिन सवैलाई आग्रह गरेको विद्यालयका प्राधानाध्यापक विष्णुकुमारी केसीले बताइन् ।

उनले केहि दिन अगाडि आयोजित बार्षिकोत्सव अवसरमा मुख्य मन्त्री डिल्लीबहादुर चौधरी देखि अन्य अतिथिहरुलाई सोकुरा सुनाइकी थिइन् । हाल विद्यालयमा शिशु देखि कक्षा १२ सम्म २ हजार ६ सय ९९ विद्यार्थीहरु रहेका छन् ।

त्यस्तै प्राविधिक शिक्षा तर्फ डिप्लोमा तह ३ बर्षे बालिबिज्ञानमा ५२ जना गरि हाल २ हजार ७ सय ५१ जनाले अध्ययन गरि रहेका छन् । त्यस्तै ७८ जना शिक्षकहरु कार्यरथ छन् ।

यस विद्यालयले उत्पादन गरेका विद्यार्थीहरु देशका विभिन्न क्षेत्र महत्वपूर्ण पदमा पुगेर सेवा गरि रहेका छन् । तर २०११ सालमा स्थापना भएको विद्यालयको भोगचलन गर्दै आएको विद्यालयको नाममा हुन भने सकेको छैन् ।

१ विगाह ५ कठ्ठा ३ धुर प्रतिऐलानि जग्गा विद्यालयको रहेको छ । सो जग्गामा ठुला ठुला भवन देखि अन्य भौतिक निर्माण भएका छन् । तर विद्यालयको लालपूर्जा भने आफ्नो नाममा छैन् ।

२०११ सालमा प्राथमीक विद्यालय तह , २०२३ सालमा निम्न माध्यमिक विद्यालय तह, २०५२ सालमा माध्यामिक तह , २०६४ सालमा उच्चमावि तह शिक्षा, व्यवस्थापन तथा मानविकी समुह, २०६८ देखि उच्च मा.वि तह विज्ञान विषय र २०७५ साल देखि डिप्लोमा तह ३ बर्षे बालिविज्ञान पढाई सञ्चालन गरको विद्यालयमा विद्यार्थीहरुको चाप भने अत्याधिक छ ।

विद्यालयले भोकचलन गदै आएको जग्गा विद्यालयको नाममा ल्याउन शिक्षा विकास तथा प्रविधि मन्त्रालय र भुमि सहकारी तथा गरिवी निवारण मन्त्रालयमा फाईल पेश गरेपनि त्यसको प्रकृया अगाडि बढन नसकेको विद्यालयका सहायक प्रधानाध्यापक प्रमोदकुमार न्यौपानेले जानकारी दिए ।

‘यो हाम्रो मात्र समस्या होइन यो दाङका अन्य विद्यालय देखि राष्ट्रिय समस्याहो समस्या सामाधान गर्न संम्वन्धीत निकायहरु गम्भीर छैन –न्यौपानेले भने ।’ उनले यो कानुन बनायर विद्यालयको नाममा आउन समय लाग्ने भएपनि क्याविनेटले नीतिगत निर्णय गरे धेरै समय नलाग्ने बताए ।

विगत २० बर्ष देखि विद्यालयले भोगचलन गदै आएको जग्गा आफ्नो नाममा ल्याउन पहल गरेपनि यसको सुनुवाई भने कहि कतै बाट हुन सकेको छैन् । यसले गर्दा विद्यालयमा भवन निर्माण देखि अन्य स्रोत साधन ल्याउन समस्या हुने गरेको छ ।

‘विद्यालयको जमिनको लालपूर्जा नहुँदा अन्य अनुदान र सहयोग पनि सहजै प्राप्त गर्न सकिएको छैन् धेरै समस्या छ उनले भने ।’ विद्यालयमा विद्युत, खानेपानी देखि अन्य भौतिक निर्माणमा समस्या भएको छ ।

‘कुनै ठाउँमा प्रपोजल हाल्यो विद्यालयको जग्गाको लालपूर्जा खोजछ लालपूर्जा नहुँदा सम्म गाडी, विद्युत खानेपानीलगायत अन्य विकासका काम हुन सकेका छैनन् निकै समस्या छ उनले भने । अहिले शिक्षा नीति बन्न थालेको र शिक्षा नीतिमा सामुदायिक विद्यालयहरुले भोगचलन गरेको विद्यालयको जग्गा विद्यालयकै नाममा गराउने भनेर निर्णय गरे सहज हुने बताएको छ ।

‘कानु्नि अटचन देखायर यो काम हुन सकेको छैन केहि समय पहिले उरहरी माविको जग्गापनि यस्तै थियो तर त्यो विद्यालयको नाममा भएको छ –न्यौपानेले भने ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको मिति २०७९ साल फागुन २३ गते कार्यपालिका बैठकमा वडा नं. ४ ले मन्त्रालयमा सिफारीसका लागि पत्र समेत लेखेको विद्यालयका शिक्षक गोपाल बुढाथाकोकीले जानकारी दिए ।

यो विषयमा जिल्ला बाट प्रतिनिधित्व गर्ने संसाद तथा दलका नेताहरुले पनि खासै चासो दिन नसकेको बताएको छ । विद्यालयको बारेमा सवैलाई जानकारी गराउदा तथा आग्रह गर्दा समेत कसैले पनि चासो चिन्ता नदेखाएको पाइएको छ ।

‘हामीहरु धेरै पटक डेलीकेशन गयौ तर काम हुन सकेको छैन्न –उनले भने ।’ तुलसीपुरक्षेत्रको नमुनाको रुपमा रहेको गुरुजजुर नमुना विद्यालयको जग्गा विद्यालयको नाममा गराउन स्थानीय सरकार जनप्रतिनिधि तथा केन्द्रिय स्तरमा प्रतिनिधित्व गर्ने सवैले पहल गरे विद्यालयको नाममा जग्गा आउने बताएको छ ।

विद्यालयको नाममा रहेको २ विगाह ७ कठ्ठा १३ धुर जमीन भने तुलसीपुर–३ रानागाउँमा रहेको छ सो जग्गा केहि अतिक्रमणमा परेको थियो भने हाल सो जग्गामा दृष्टिविहिन विद्यार्थीबस्ने छात्रावास निर्माण गरिएको छ ।

नमुना विद्यालय अन्तर्गत भौतिक निर्माणका लागि बजेट विनोयोजन हुन छोडेकाले गुरु योजना अन्तर्गतको बाँकी कक्षा कोठा र सभाहल निर्माणका लागि बजेटको सुनिश्चिता गरि कार्यपुरा गर्नुपर्ने अर्को समस्या रहेको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *