२०८१ बैशाख १० गते सोमवार

पढेका युवा राजनीतिमा आउन जरुरी छ – कोमल वली

तुलसीपुर, फागुन १६ । नेकपा एमालेकी नेतृ तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीले उच्च शिक्षा हासिल गरेका युवा राजनीतिमा नआउँदा सम्म राजनीति भित्रको बिकृति अन्त्य नहुने बताएकी छन् ।


बुधबार तुलसीपुरको ज्ञानज्योति उच्च माविको नमुना संसदको अभ्यासलाई सम्बोधन गर्दै नेतृ वलीले राजनीति सबै नीतिहरुको उत्कृष्ट नीति रहेको भन्दै त्यो नीति सुधार्न पढेलेखेका युवाहरु आएमात्रै संभव हुने बताइन ।

उनले छोरी कुनैपनि कुरामा पछि हट्न नहुने भन्दै छोरीको सफलता नै समाजको प्रगतिको कारक हुने तर्क गरिन ।
ज्ञानज्योति फाउन्डेसनका सिइयो सुरेन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रममा, लुम्बिनी प्रदेश संसदीय मामिला समाजका महासचिव नारायण खड्का, रिपोटर्स क्लवका अध्यक्ष शरद रेग्मी, शिक्षक शरद गौतम लगाएतले मनतब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण बिद्यालयका शिक्षक सन्तोष केसीले गरेका थिए ।

नमुना संसद २०८० मा सहभागि विद्यार्थीले संसदीय अभ्यास संचालन गर्दैै संसद भित्र हुने गतिबिधिका बारेमा प्रस्तुतीहरु राखेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *