२०८१ असार ९ गते शनिवार

अबदेखि बुटवलमै मुटुको परीक्षण सेवा

दाङ, फागुन १६ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मुटु परीक्षण गर्ने क्याथल्याब सेवा सुरु भएको छ । अ
स्पतालको ११४औं बार्षिक उत्सवको अबसर पारेर प्रादेशिक अस्पतालले यो सेवा सुरु गरेको हो ।

मुटुको परीक्षण गर्ने ‘क्याथ ल्याव सेवा’को प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उदघाटन गरेका हुन ।
लुम्बिनी प्रदेशमा ‘क्याथ ल्याव’ सुरु गर्ने यो नै पहिलो अस्पताल हो । स्वास्थ्य मन्त्री खनालले क्याथ ल्याब सञ्चालनको लागि चालु आर्थिक वर्षमा २२ करोड रुपैंया बिनियोजन गरेको बताए ।

क्याथ ल्याव सेवा सुरु भएसँगै लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रले महत्वपूर्ण फड्को मारेको मन्त्री खनालले दाबी गरे ।
‘मुटु सम्बन्धी सानो समस्या हुँदापनि अन्यत्र जानु पर्ने बाध्यता अब हटेको छ । अब प्रदेश भित्रै यस्को उपचार हुने छ,’ मन्त्री खनालले भने ‘प्रादेशिक अस्पताललाई विशिष्टिकृत सेवा प्रदान गर्ने अस्पताल बनाउने कार्य अन्र्तगत यो सेवा सुरु गरिएको हो ।’


लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशकै विशिष्टिकृत र राष्ट्रकै अब्बल अस्पताल बनाउने उनले बताएका थिए ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. जनार्दन पन्थीले अस्पतालमा मुटु रोग विशेषज्ञको दरबन्दी अनुसार चिकित्सक अभाब हुन नदिने बताएका थिए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापाले शल्यक्रिया बिना नै मुटुका सामान्य अवरोधहरु हेर्ने, खोल्ने र मुटुको भल्भहरु साँघुरो भए घटाउने काम क्याथ ल्याबबाटै हुने जानकारी दिएका थिए । अब मुटु रोगको छिटो पहिचानगर्न सजिलो हुने र उपचारमा थप सहजहुने डा थापाले बताएका थिए ।


दैनिक झण्डै तीन हजार बिरामीले ओपिडी सेवालिने अस्पतालमा मुटु रोगीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरिय उपचार सेवादिन क्याथ ल्याव सेवा जरुरी भएको अस्पतालका बरिष्ट मुटु रोग विशेषज्ञ रोशन घिमिरेले बताएका थिए ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले क्याथल्याब सञ्चालनको लागि चालु वर्ष २२ करोड रुपैंंया बिनियोजन गरेको थियो । क्याथ ल्याबमा दुई जना चिकित्सकसहित दुई जना स्टाफ नर्स, एक एनेस्थेसिया र एक हेल्परलसमेत गरि आठ जना रहने अस्पतालमा प्रशासन प्रमुख राजन केसीले जानकारी दिएका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *