२०८१ जेष्ठ ३० गते बुधवार

मगर संस्कृति जोगाउन आबश्यक – मन्त्री मास्की

दाङ, फागुन १५ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले मगर एकता दिवसको शुभकामना दिएका छन् ।

मंगलबार ४२ औं एकता दिवसका अवसरमा मंगलबार एक विज्ञप्ति जारी गरि मन्त्री मास्कीले विश्वभरि छरिएर बसोबास गर्दै आएका मगर समुदायले आफ्नो पहिचानलाई जोगाउनु अहिलेको आबश्यकता रहेको बताएका छन् ।

दिवसले सम्पूर्ण नेपालीहरुमा आपसी मित्रता,भाइचारा,बनधुत्व,सद्भाव र सहिष्णुताको साथै मगर एकता सधै कायम राख्ने उद्देश्य बोकेर अगाडी बढेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।

मगर जातिको जातीय भूमि,भाषा,मौलिक संस्कार,कला,संस्कृति छन् । त्यसलाई संरक्षण गर्नु नयाँ पुस्ताको दायित्व रहेको मन्त्री मास्कीले बताए ।

कला,संस्कार,संस्कार,संस्कृति गहना रहेको भन्दै त्यसले पर्यटक भित्र्याउने समेत बताए ।

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *