२०८२ असार ६ गते शनिवार

घोराही–तुलसीपुर सडकखण्डमा टाइमकार्ड लागु


दाङ,फागुन १४ । दाङको घोराही–तुलसीपुर सडकखण्डमा आज देखि टाइमकार्ड लागु भएको छ ।

तिब्र गतिमा सवारी चलाउदा दुर्घटना बढिरहेको भन्दै टाईमकार्ड लागु गरिएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताए ।

उनका अनुसार अब घोराहाी–तुलसीपुरमा सवारी साधन ७० मिनेटमा आवतजावन गर्नुपर्छ ।

घोराही–तुलसीपुर २३ किलोमिटर छ । जसमा घोराही तुलसीपुर सडकखण्डको घोराही–नारायणपुर ३० मिनेट र नारायणपुर–तुलसीपुर ४० मिनेट समय निर्धारण भएको छ ।

प्रतिकिलोमिटर औसत तीन मिनेट समय निर्धारण गरेर टाइमकार्ड लागु गरिएको हो ।

निःशुल्क रुपमा चालकलाई टाइमकार्ड दिने र हराएमा ५० रुपैँया छपाई शूल्क लिने दाङका ट्राफिक प्रहरी कार्यालयका प्रमुख किरणप्रकाश मल्लले जानकारी दिए । उहाँका अनुसार टाईमकार्ड निरीक्षणकालािग घोराही, नारायणपुर र तुलसीपुरमा ट्राफिक प्रहरी रहनेछन् ।

तोकिएको समयको मापदण्ड पालना नगर्ने सवारी साधनलाई लापरवाहीअन्तर्गत कारवाही गरिनेछ । शुरुमा पाँच सय, दोस्रो पटक एक हजार, एक हजार पाँच सयको दरमा जरिवाना हुने ट्राफिक प्रमुख मल्लले बताए ।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *