२०८१ असार ८ गते शुक्रवार

रेडक्रस सोसाइटी विजौरी उपशाखाको १२ औं साधारणसभा

विजौरी, फागुन १२ । नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखाको १२ औं साधारणसभा शनिबार विजौरीमा सम्पन्न भएको छ ।

साधारणसभा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाका सभापति मदन गौतमको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिका—१९ का अध्यक्ष प्रेमनाथ योगी र जनता संस्कृत विद्यपिठ विजौरीका प्रतिनिधि प्रभात पोख्रेलको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको थियो ।


साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला सभापति गौतमले रेडक्रसको केन्द्रिय महाधिवेशन चाडै हुन गैरहेकाले केन्द्रिय समितिको विवादलाइ महाधिवेशनले छिनोफानो गर्ने औल्याए । गौतमले पछिल्लो समयमा आफुहरुले संघको माताहतमा प्रदेश शाखा, प्रदेशको माताहतमा जिल्ला शाखा, जिल्ला शाखाको माताहतमा पालिका शाखा र पालिका शाखाको माताहतमा रहनेगरी विभिन्न उपशाखाहरु रहनेगरी विधान संसोधनको प्रस्ताव गर्ने तयारी गरेको पनि बताए ।


नेपाल रेडक्रस सोसायिटि विजौरी उपशाखाका सभापति वालकृष्ण रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि तथा तुलसीपुर उपमहानगरपालिका—१९ का वडाध्यक्ष प्रेमनाथ योगिले एउटा झोलामा कार्यालय राखेर सन्चालनमा आएको यो उपशाखाले पछिल्लो समयमा समयानुकुल भौतिक पुर्वाधारहरु निर्माण गर्दै गएकाले अव रगत सहज रुपमा उपलव्ध गराउन पनि यो उपशाखाले अर्थपुर्ण पहल गर्ने विश्वास व्यक्त गरे । अध्यक्ष योगि पनि भर्खरै नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य बनेका हुन् ।

सो साधारणसभामा अर्का विशिष्ठ अतिथि तथा जनता विद्यपिठका प्रतिनिधि प्रभात पोख्रेलले पनि रेडक्रस सोसायिटि एउटा विशुद्ध सामाजिक संस्था भएकाले यसले आफ्नो सेवालाइ प्रभावकारी बनाउदै अघि बढ्न आग्रह गरे ।

नेपाल रेडक्रस सोसायिटि विजौरी उपशाखाका सदस्य प्रदिप गौतमको स्वागत मन्तव्यबाट सुरु भएको साधारणसभामा नेपाल रेडक्रस सोसाइटी लमही उपशाखा सचिव सतिस गौतम, नेकपा माओवादी तुलसीपुर -१८ का गिरीराज नेपाली, जिल्ला श्वास्थ्य कार्यालय रोल्पाका सुचना अधिकारी डिल्ली केसी, कपिलदेव लामिछाने, शंकर आशिस शर्मा, रेडक्रस विजौरी उपशाखाका संस्थापक कोषाध्यक्ष नदन कुमार अधिकारी, विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्का, रास्वपाका वडा नेता ज्ञानेन्द्र पोख्रेल, नेपाली कांग्रेसका चिन्तामणि पोख्रेल, एमालेका लोक वहादुर रोका, माओवादी केन्द्रका दुर्गा विक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


साधारणसभामा नेपाल रेडक्रश सोसायिटि विजौरी उपशाखाका सचिव मुकेश वलीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष सागर रेग्मीले प्रस्तुत गरेका थिए । सो अवसरमा दुइ दर्जन भन्दा बढिलाइ नेपाल रेडक्रस सोसाइटीको नयां आजिवन सदस्यता प्रदान गरिएको थियो ।

शाखा उपाध्यक्ष गोविन्द पार्धेले गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव मुकेश वलीले गरेका थिए । साधारणसभामा सचिव वली र कोषाध्यक्ष रेग्मीका प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारीत गरिएको थियो । उक्त कार्यक्रममा शाखा सदस्य प्रदीप गौतमले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *