२०८१ बैशाख १० गते सोमवार

२ बर्षीया छोरीलाई होटेलमा छोडेर आमा पर पुरुषसंग भागिन


दाङ, फागुन १२ । दाङमा एक जना आमाले आफ्नी नाबालिका छोरीलाई होटेलमा छोडेर अर्कैै पुरुष संग भागेकी छन् ।


तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँकी २१ वर्षीया अमृता चौधरीले आफ्नी दुई वर्षीया छोरी निशिता चौधरीलाई शुक्रबार बिहान पौने १० बजेतिर लमही बजारस्थित एक होटलमा छाडेर अर्कै पुरुष संग भागेको खुलेको छ ।


अमृता छोरी निशिताका साथै अर्कौ एक पुरुष संगै चिया खान भनेर होटेलमा पसेका थिए । चिया खाइ सकेपछि बसको टिकट काट्ने जाने र फेरि फर्केर आउने उनीहरुले बाचा गरेका थिए । तर, उनीहरु त्यही बाट भागेका थिए । वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले नाबालिक छोरीलाई छोडेर आमा बेपत्ता भएको होटेल संचालकको खबर पछि प्रहरीले बालिकाको उद्धार गरेको जानकारी दिए ।

प्रहरीका अनुसार अमृता गत असोज महिनादेखि घरबाट छोरीसहित निस्किएकी थिइन । अमृताका श्रीमान निर्मलजन चौधरीले खोजीका लागि निबेदनसमेत दिएका थिए । अमृता र निर्मलजनले तीन वर्ष पहिले प्रेम विवाह गरेको भएपनि अमृता श्रीमानलाई छोडेर घरबाट निश्किएकी थिइन ।

बालिकाको उद्धार पछि प्रहरीले उनको तस्बिर सार्वजनिक गर्दै पहिचानका लागि अपिल गरेको थियो । त्यसपछि मामा घरकी हजुरआमा बाँकेको राप्ती सोनारी गाउँपालिका–१ की सरिता चौधरी प्रहरीको सम्पर्कमा पुगेकी थिइन । अनि बुवा निर्मलजनपनि प्रहरीमा पुगेका थिए । बुवा निर्मलजनले आफ्नो घरमा लगेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।


अमृता भारतिय नागरिक सुशान्त गुप्ताको साथमा रहेको र उनी संग भागेको आशंका आफन्त तथा घर परिवारको छ ।
आमाले होटेलमा अलपत्र अवस्थामा छोडेर गएकी बालिकाको नाक, आँखा, मुखका साथै शरिरका बिभिन्न भागमा चोट पटक देखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।


बालिकाकी आमाको खोजी भइ रहेको हुँदा उनी फेला परेपछि बालिकाको अनुहारका साथै शरिरका बिभिन्न भागमा देखिएका निलडामका बारेमा अनुसन्धान हुने प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *