२०८२ जेष्ठ ३० गते शुक्रवार

रुकुम पश्चिममा नातिले गरे बाजेको हत्या


दाङ, फागुन १२ । रुकुम पश्चिममा मदिराले मातेका नातिले बाजेको हत्या गरेका छन् ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका – १२ का ५१ बर्षीय हस्तराम खड्काको हत्या गरेको आरोपमा उनका नाति २३ बर्षीय डिल्लीराम खड्का पक्राउ परेका छन् ।


शुक्रबार बिहान साढे ६ बजेतिर जुम्लाबाङ बुगेरी सडक खण्डस्थित बैगारी ठाँटीदेखि त्रिबेणी तर्फ जाने सडकको छेउमा हस्तराम मृत अवस्थामा फेला परेका थिए ।


घटना अनुसन्धान गर्न जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको कमाण्डमा खटिएको टोलीले डिल्लीरामले लगाएतको चप्पलमा रगतदेखेपछि सोधपुछका लागि उनलाई दिउँसो नियन्त्रणमा लिएको थियो ।
सोधपुछका क्रममा नाति डिल्लीरामले नै बाजे हस्तरामको हत्या गरेको स्वीकारी वयान प्रहरी समक्ष गरेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।


बाजेले नातिलाई रक्सी नखान भनेर संझाउन खाजेपछि भनाभन भएको र त्यही क्रममा नातिले बाजेलाई ढकलेर लडाए पछि दउरा प्रहरी गरि हत्या गरेको प्रहरीले बताएको छ ।


प्रहरी निरीक्षक खड्काले भने ‘ मदिराले मातेको नातिलाई संझाउन खोज्दा नातिको आक्रमणबाट बाजेको हत्या भएको खुल्छ ।’
हस्तराम खड्काको शब घरको झन्डै एक सय मिटर सडक खण्डमा फेला परेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *