२०८२ असार ७ गते आइतवार

अधिकार माग्न सडकमै सुते गुठी पीडित किसान


घोराही , दाङ ११ । स्वर्गद्धारी गुँठी पीडित मोही किसानहरु शुक्रबार घोराही चोकमा १ घन्टा सडकमा सुतेर बिरोध र अन्दोलन गरेका छन ।

जिल्ला प्रशासन कार्यालय अगाडि त्रिपाल टाँगेर चारदिन देखि धर्ना बसेका गुठी पीडत मोही किसानहरु मानव साङ्लो बनाएर घोराही बजार परिक्रमा गर्दै मुख्य चोकमा पुगेर सडकमै सुतेर बिरोध गरेका हुन ।

जिल्लाका १२ मौजाबाट घोराहीमा भेला भएका मोही किसानहरु मुखमा सिठ्ठी र हातमा रित्तो थाल ठटाउँदै सडकमा सुतेर सरकारको ध्यानाकर्षण गराएका हुन ।


दशकौदेखि बाँझो जमिनलाई हराभरा बनाउने किसान घरवार बिहीन भएको र भोकै मर्नु पर्ने अवस्था आएको भन्दै बाध्य भएर सडकमा आउनु परेको उनीहरु बताउँछन् ।


दशकांदेखि आफुहरुले जोत्दै आएको जग्गामा आफुहरुको मोही रहेको र आफूहरुले पाउनुपर्ने जग्गा सर्वौच्च अदालतले गुठीको जग्गा खण्डीकरण नगर्ने भनी गरेको फैसलाले आफूहरु भोकै मर्नुपर्ने अवस्था आएको हुँदा आन्दोलनमा उत्रनु परेको उनीहरु बताउँछन् ।
आन्दोलनरत किसानहरुले कि हातमा लालपुर्जा दिन कि मृत्यु दण्ड दिन आग्रह गरेका छन् ।


स्वर्गद्धारी आश्रम प्युठानको नाममा दर्ता श्रेष्ता कायम भएको दाङमा रहेको एक हजार ५० बिगाह जग्गा मध्ये सात सय ५३ बिगाहा जग्गामा तीन हजार बढी किसानहरुको मोही रहेको छ ।

सर्वौच्व अदालतले २०६२ चैत्र १४ गते स्वर्गद्धारी निजी गुठी भएकाले आश्रमको जग्गा खण्डीकरण नगर्नु नगराउनु भन्ने उत्प्रेशन मिश्रित आदेश गरेको थियो ।
मोहियानी हकका लागि भएका विभिन्न चरणका आन्दोलन र सरकारसंग पटक पटक सम्झौता भएपनि त्यसको कार्यान्वयन नभएको भन्दै दाङका मोही किसानहरुले निर्णयक आन्दोलन भन्दै फागुन ८ गतेदेखि फेरी आन्दोलन शुरु गरेका छन् ।


मोही किसानहरुले फागुन ८ गतेदेखि चैत्र १ गतेसम्म चक्काजाम देखि जिल्ला बन्दसम्मका कार्यक्रम घोषणा गरेका छन् । त्यस्तै उनीहरुले जिल्लादेखि केन्द्रीकृत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *