२०८२ जेष्ठ ३० गते शुक्रवार

नगर विकास समितिले हटायो अतिक्रमित अस्थायी टहरा


लमही,फागुन १० । लमही नगर विकास समितिले बसपार्कमा रहेका टहरा हटाएको छ ।

दुर्घटनाको उच्च जोखिम रहेको, बजार कुरुप बनाएको, र अव्यवस्थित रुपमा रहेको भन्दै ति टहरा हटाइएको लमही नगर विकस समितिका अध्यक्ष जोगराज चौधरीले जानकारी दिए ।

नगर विकास समितिले ती टहरा हटाएर सहयोग गरि दिन पटकपटक सूचना जारी गर्दा पनि अटेरी गरेपछि आज नगर विकास समितिले हटाएको हो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, लमही नगर प्रहरीको सहयोगमा टहरा हटाइएको हो । टहरामा बसेर व्यवसायी गर्दै गरेका व्यापारीहरु नजिकै रहेको कृकेट स्टेडियमको प्याराफिटका सटरमा सरेका छन ।

नगर विकास समितिले लमही बसपार्क संचालन गर्न दिएका ठेकेदारलाई सरसफाइ शुल्क बाफत मासिक एक हजार रुपैया तिर्दै आएका थिए । नगर विकासको जग्गा अतिक्रमण गर्दै घर टहरा निर्माण गरि स्थान किनबेच समेत गरेको खुलेको छ ।

टहरा निर्माण गरि बसेका व्यापारीलाई ठाउँ उपलब्ध गराउने व्यक्तिले मासिक १ हजार देखि ३ हजार सम्म भाडा अशुल्ने गरेको एक व्यापारीले बताए ।

बसपार्क संचालक ठेकेदारले शौचालय र बसपार्क प्रवेश शुल्क एक लाख ९५ हजार मासिक भाडा बुझाउदै आएको नगर विकास समितिका सूचना अधिकारी हरिकृष्ण खनालले जानकारी दिए ।

लमही नगर विकास समितिका अध्यक्ष जोगराज चौधरी, लमही नगरपालिका उपाध्यक्ष लक्ष्मी योगी, वडा नम्बर १ का वडा अध्यक्ष तथा नगर विकास समितिका सदस्य दामोदर पौडेल, वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, वडा नम्बर -८ का वडा अध्यक्ष उमेश कुमार खड्का लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *