घोराही, फागुन १० । घोराही उपमहानगरपालिकाको वडा नंं १२ निघुवारमा आयोडिनका बारेमा जानकारी दिन विहीबार कार्यक्रम गरियो । वडाध्यक्ष दोर्ण बहकरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
घोराही उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले संयोजन गरेको कार्यक्रममा साल्ट टे«ेनिङ घोराही शाखाले कार्यक्रममा सहभागि सवैलाई नुन र सन्देश सहितको झोला साथै टिसर्ट वितरण गरेको थियो । कार्यक्रममा साल्ट टे«निङ कर्पोरेसन घोराहीका प्रमुख रामबावु गुप्ताले आयोडिनका लागि आयोनुन प्रयोग गर्न आग्रह गरे । उनले ढिके नुनमा आयोडिन हुने भएपनि त्यसमा हुने आयोडिन उडेर जाने र पखाल्दा जाने भएकाले ढीके नुन नखान आग्रह गरे ।
पछिल्लो समय कुल नुनको खपतमध्य ८० प्रतिशत दुई बालवालिकाको चिन्ह भएको आयोनुन र २० प्रतिशत ढीके नुन प्रयोग भइरहेको भन्दै गुप्ताले गाई बस्तुलाई पनि आयोनुन खुवाउन सुझाव दिए । उनले जन्मेदेखि नमरुञ्जेलसम्म चाहिने आयोडिनका लागि आयोनुन नै सवैभन्दा राम्रो भएको बताए।
घोराही उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख नारायण घर्तीले अझै पनि कतिपयले ढिके नुन खाने गरेको पाइएकाले सचेतनाको कार्यक्रम संचालन गरिएको बताए । उनले गाउँघरमा अहिले पनि ढीके नुन प्रयोग भइरहेको भन्दै कतिपयले भ्रमबस ढीकेनुन खान थालेको पाइएको भन्दै आयोनुन बढी खाएर केही फरक नपर्ने बताए । उनले शरिरमा आयोडिन कम भएमा बेफाइदा हुने भन्दै बढी भएमा पिसाव र पसिनाका माध्यमबाट बाहिर जाने उल्लेख गरे ।
कार्यक्रममा उप प्रमुख हुमा डिसीले घोराही उपहानगरपालिकाका केही गाउँघरमा अहिले पनि ढीके नुनको प्रयोग भइरहेको भन्दै ढिके नुन प्रयोग नगर्न आग्रह गरिन । उनले पहिले गलगाँड भएका मानिसहरु देखिने गरेकोमा अहिले त्यस्तो देखिन छोडेको उल्लेख गरिन । पहिले आयोनुन नखाँदा बच्चा जन्मदै लाटो हुने, पुड्को हुने, शारिरीक रुपमा अशक्त हुने गरेको भएपनि अहिले त्यस्तो कमी आएको बताइन ।
वडाध्यक्ष बहकरीले वडा नंं १२ मा आयोनुन प्रयोग गर्ने बारेमा अभियान चलाउने बताए । उनले सवै वडाबासीलाई ढिकेनुन प्रयोग गर्नु हुँदैन भन्ने सचेतना दिनका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रमको संचालन हापुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका तुलसी गिरीले गरेका थिए । निघुवार र बेलनिया टोलको बीचमा पर्ने चौतारीमा आयोजना गरिएको कार्यक्रममा करिव एक सय गाउँलेहरुको उपस्थिति थियो । सवैलाई एक देखि दुई पोखा नुन वितरण गरिएको थियो ।