दाङ , फागुन १० । ईन्डियन आइडलमा दिएको प्रस्तुतिले चर्चा शिखरमा पुगेकी गायिका मेनुका पौडेलको कन्सर्ट बाँकेको नेपालगंजमा हुने भएको छ ।
आगामी फागुन २७ गते नेपालगंजमा कन्सर्ट हुने आयोजकले जानकारी दिएका छन् । दृष्टि विहीन मेनुकाको सांगीतिक क्षेत्रमा लगाव र सफलताले सवैको ध्यान तानेको छ ।
मेनुकाले नेपाल आइडलमा भाग लिएपछि देश बिदेशमा चर्चा बटुलेकी हुन । बाद्यवादन टिम सहित मेनुकाको ‘लाइभ’ प्रस्तुति हुने आयोजकले जानकारी दिएका छन् ।
अन्तरालको आयोजना र व्यवस्थापनमा फागुन २४ गते देखि नेपालगंज रंगशालामा नेपाल कल्चर फेस्टिवलको अवसरमा विशेष कन्सर्ट गर्न लागिएको आयोजकले जानकारी दिएका छन् ।
भारतीय गायन रियालिटि शो ‘ सारेगमप’ मा समेत भाग लिएकी मेनुका पौडेलको चर्चा इन्डियन आइडलमा भाग लिएर आफ्नो स्वरको जादु देखाएसंगै चुलिएको थियो ।
इन्डियल आयडलको प्रस्तुतिले मेनुकालाई भारतीय गीत संगीत र चलचित्र क्षेत्रका विशिष्ट तथा ख्यातिप्राप्त कलाकर्मीहरुले मेनुकाको खुलेर प्रसंशा गरेका थिए । उनीहरुले मध्य कतिपयले मेनुका पौडेलको गायकी र स्वरको प्रसंशा गर्दै भारतीय महान गायिका लता मंगेशकरसँग पनि तुलना गरेका छन् ।
इडियन आइडलमा प्रतिपष्र्धी रहकै क्रममा उनले भारतीय चलचित्र ‘सलार’ मा गीत रेकर्ड गराएर बलिउड फिल्म इन्डष्ट्रीमा ‘डेब्यु’ समेत गरि सकेकी छन् । उनका थप नयाँ गीतहरु रेकर्ड हुने क्रम जारी छ ।
यो विशेष कार्यक्रम लाई ‘ लेट्स सिङ विथ मेनुका’ मेनुका सँगै गाऔं भन्ने नाम दिइएको छ ।
आउने फेस्टिवलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले गायिका मेनुकाको उपस्थितिले किशोर किशोरीलाई पनि गीत संगीतमा लाग्न प्ररेणा मिल्ने आशा ब्यक्त गरे ।
कन्सर्टको टिकट स्टल र क्याफेहरुवाट साथै अनलाइन वाट समेत किन्न सकिने शाहले बताए ।