दाङ, फागुन ९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बीच बुधबार भेटवार्ता भएको छ ।
काठमाडौमा भएको भेटवार्तामा लुम्बिनीमा हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भएको थियो । त्यस्तै प्रधानमन्त्री प्रचण्डले प्रदेश सभामा सम्बोधन गर्ने बारेपनि कुराकानी भएको मुख्यमन्त्री चौधरीले जानकारी दिए ।
गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा फागुन २८ र २९ गते हुन लागेको शिखर सम्मेलनको विषयमा छलफल भएको मुख्यमन्त्री चौधरीले बताए । सम्मेलनको बिषयमा प्रदेश सरकारले गरेको अहिले सम्मको तयारी तथा अबस्थाको बारेमा आँफुले प्रधानमन्त्रीलाई अवगत गराएको मुख्यमन्त्री चौधरीले बताए ।
‘प्रधानमन्त्रीज्यूले लुम्बिनी प्रदेशको सदनमा बिशेष सम्बोधनको गर्ने कुरा भएको छ,’ मुख्यमन्त्री चौधरीले भने ‘ उहाँ फागुन १९ गते लुम्बिनीमा आइ सदनलाई विशेष सम्बोधन गर्ने कुरा तय भएको छ।’
लुम्बिनीमा फागुन १८ गते देखि हिउदे अधिबेशन सुरु हुँदै छ ।