२०८१ जेष्ठ ३० गते बुधवार

तुलसीपुरमा नगरस्तरीय टेबल टेनिस प्रतियोगिता हुने

तुलसीपुर,फागुन ९ । दाङको तुलसीपुरमा नगरस्तरीय टेबल टेनिस प्रतियोगिता हुने भएको छ ।

दाङ जिल्ला टेबल टेनिस संघको आयोजनामा यही फागुन १८ र १९ गते प्रतियोगिता संचालन हुन लागेको संघका अध्यक्ष ऋषिराज लहरे ‘अरुण’ले जानकारी दिए ।

प्रतियोगितामा नाम दर्ताका लागि प्रति विद्यालय दुई हजार तोकिएको छ भने यस प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका निजि तथा सामुदायिक विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ ।

विद्यालय–विद्यालयबिचको मैत्रीपूर्ण तथा बालबालिकाको सर्वागिण विकाससंगै विद्यालय स्तरमा टेबल टेनिसको पहुँच पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

त्यस्तै प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका ६ इन्द्रनगरटोलस्थित टेबल टेनिस कर्भड हलमा संचालन हुने छ ।

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो हुनेलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष लहरेले जानकारी दिए ।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *