दाङ, फागुन ९ । साइकल यात्रीलाई जोगाउन खोज्दा सडकमा लडेका दुई युवकको बोलेरो गाडीको ठक्करबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
रोल्पाको त्रिवेणी गाउँपालिका – ५ का २१ वर्षीय विजय पुन र सोही ठाउँका २४ वर्षीय नेत्र भण्डारीको बुधबार बिहान मृत्यु भएको थियो ।
तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकलमा सवार पुन र भण्डारी घोराही उपमहागनरपालिका नम्बर १६ सर्रा चोकमा बिहान ६ बजेतिर साइकल यात्रीलाई जोगाउन खोज्दा सकडमा लडेका थिए ।
उनीहरुलाई घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको बा २ झ ३६५२ नम्बरको बोलेरोले किचेको डिएसपी मल्लले जानकारी दिए । बोलेरो चालक रोल्पाको त्रिवेणी गाउँपालिका – २ का २९ बर्षीय निर्मल बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइेलाई उद्धार गरी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएको केही बेरमै पौने ७ बजेतिर दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।