२०८१ असार ३ गते आइतवार

घोराहीमा मोटरसाइकल दुर्घटना हुँदा रोल्पाका दुई युवकको मृत्यु


तुलसीपुर, फागुन ९ । दाङको घोराहीमा बुधबार बिहान साइकल यात्रुलाई जोगाउन खोज्दा भएको मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु भएको छ ।


मृत्यु हुनेमा रोल्पाको त्रिबेणी गाउँपालिका – ५ का २१ बर्षीय बिजय पुन र सोही ठाउँका २४ बर्षीय नेत्र भण्डारीको रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनक मल्लले बताए ।


पुनले मोटरसाइकल चलाएका थिए भने भण्डारी पछाडि सवार थिए ।

तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका – १६ सर्रा चोकमा बिहान ६ बजेतिर दुर्घटनामा परेको थियो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सकले बिहान पौने ७ बजेतिर दुबैजनालाई मृत घोषणा गरेका थिए ।


डिएसपी मल्लले मोटरसाइकल साइकल संग अल्झेको अवस्थामा फेला परेको हुँदा साइकल चालकलाई जोगाउन खोज्दा दुर्घटना भएको अनुमान भइ रहेको जानकारी दिए ।
साइकल चालकको खोजी भइ रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *