२०८२ असार ७ गते आइतवार

सरुवा गर्न नपाइने भन्दै दंगीशरणका कर्मचारी आन्दोलित


तुलसीपुर, फागुन ८ । दाङको दंगीशरण गाउँपालिकाका कर्मचारीहरुले मंगलबार कार्यकक्ष बहिस्कार गरे ।
उनीहरु दिनभर कार्यकक्षमा प्रबेश गरेनन् । बरु सडकमै बसेर दिन बिताए ।


कर्मचारीको आन्दोलनका कारण सर्वसाधारण नागरिक सेवाबाट बञ्चित भए । संभावित झडप रोक्न गाउँपालिकाको सुरक्षार्थ दिनभर प्रहरी परिचालन गरियो ।


दंगीशरण गाउँपालिकाका इञ्जिनियर प्रमोद गौतमलाई लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय, पालिकाको योजना शाखाका लेखनाथ आचार्यलाई पालिकाकै राजश्व शाखामा, अस्थायी करार कर्मचारी किरण पोखरेललाई न्यायिक समितिमा, महिला बालबालिका शाखाकी चन्द्रा वलीलाई पालिकाको वडा नं.४ को वडा सचिवमा , ४ नम्बरका वडा सचिव प्रमोद गिरीलाई ३ नम्बरको वडा सचिवका रुपमा र ३ नम्बरका वडा सचिव भक्तिराम पाण्डेलाई योजना शाखा प्रमुखमा सुरुवा गरिएको थियो ।


लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट यसअघिका पालिकाका इञ्जिनियर प्रमोद गौतमलाई हाजिर हुन भनेर पत्रचारसमेत भइ सकेको छ ।


कर्मचारीको कामको जिम्मेवारी हेरेफेर र काज सरुवा गरिदा राजनीतिक पूर्वाग्रह राखिएको आन्दोलनरत कर्मचारीरुको आरोप छ । फागुन ४ गतेदेखि लागु हुने गरि उनीहरुको सरुवा तथा काज हेरेफर गरेका थिए ।

तर, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेले कार्यक्षमताका आधारमा कर्मचारीको सरुवा तथा काज हेरफेर गरिएको बताए ।


गाउँपालिका अध्यक्ष शम्भु गिरीले कर्मचारी हेरफेर गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुने हुँदा राजनीतिक पूर्वाह राखियो भन्नु गलत भएको दाबी गरे ।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *