लक्ष्मण बस्नेत,तुलसीपुर,फागुन ८ । तुलसीपुरमा तेश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८० हुने भएको छ ।
हिरा डाँगी फाउण्डेसन तुलसीपुर – ५ को आयोजनामा अरनिको मैदान तुलसीपुरमा सञ्चालन हुने प्रतियोगिता यहि फागुन २० गते देखि सुरु हुने भएको हो ।
फाउन्डेसनले मंगलबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिता बारे जानकारी दिईएको हो ।
प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद २ लाख पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद एक लाख, कप ,मेडल, प्रमाणपत्र हात पार्ने प्रतियोगिताका संयोजक प्रिति बहादुर गिरि प्रेसले जानकारी दिए ।
त्यस्तै प्रतियोगिता अवधिभर सर्वोत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधा तर्फ सर्वोउत्कृट खेलाडी,उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ५ हजार ट्रफि र प्रमाणपत्र हात पार्नेछन ।
त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद एक हजार सहित ट्रफी प्रदान गरिने संयोजक गिरिले जानकारी दिए ।
प्रतियोगिता लाई भब्य एवं सभ्य तवरले सार्थक र परिणाममुखी बनाउन आयोजकले सबै प्रकारका तयारी थालेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
पहिलो र दोस्रो संस्करण भब्य रुपमा सम्पन्न गरेको फाउन्डेसनले तेस्रो संस्करण लाई थप सार्थक बनाउने प्रयासमा रहेकोछ ।
यतिबेला प्रतियोगिताको प्रचार प्रसार, आर्थिक व्यवस्थापन,आमन्त्रित टिमको आवास तथा भोजन व्यवस्थापन, आतिथ्य संस्कार लगाएतका पक्षमा उपसमिती मार्फत सशक्त लागि परेको फाउन्डेसनका सचिव केशव चौधरी मिग्माले जानकारी दिए ।
२०७६ साल चैत ३ गतेका दिन एक हतियारधारी समुहको आक्रमणमा परी ज्यान गुमाएका फुटबलका होनहार खेलाडी डाँगीको सम्झनामा स्मृति कप फुटबल हुँदै आएको सचिव चौधरीले जानकारी दिए ।
स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु-याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ ।
जसमध्ये साविक बिजेता ज्ञानज्योती इनोभेटिभ फुटबल क्लब,छिमेकी राष्ट्र भारतको साहारा क्लब लखनऊ,साविक उपबिजेता टरिगाउ युवा क्लब,युनाईटेड युथ क्लब तुलसीपुर ,युएनबिसी युथ क्लब घोराही,सुर्खेत डिएफए, क्लब, फर्साटिकर रुपन्देही, लुम्बिनी प्रदेश फुटबल एकेडेमी, राईजिङ स्टार घोराही र एक बिभागिय टिम एपीएफ लुम्बिनी प्रदेशको टिमको सहभागिता रहने आयोजक हिरा डागी फाउन्डेसनले जानकारी दिएको छ ।