तुलसीपुर,फागुन ८ । तुलसीपुर उपमहानगरपालिका वडा न ४ का सुधिर नेपालीलाई स्थानीय युवाहरूले आर्थिक सहयोग गरेका छन ।
युवा नेपाली रोजगारीको शिलशिलामा छिमेकी देश भारतमा पुगेको बेला अपरिचित समुहको कुटपिटबाट गम्भीर घाइते भइ घर फर्केका थिए ।
कमजोर आर्थिक अबस्थाका कारण उपचार गर्न नसकिरहेको सुचना पाएपछी तुलसीपुरका १६ जना युवाहरुले आपसमा रकम संकलन गरि ५१ हजार ६ सय ४० रुपैया सहयोग गरेका हुन ।
सहयोग गर्नेहरूमा वसन्त कुमार खडका,सुन्दर राेका,विक्रम वली,विवेक योगि,जितेन वली,ध्रुव गौतम,प्रनव खड्का , गोविन्द हमाल ,सुदन धर्ति मगर, चन्द्र वली,कुल व खडका, मधु खडका, लोक मणि गौतम,हेमराज वली, अर्जुन बस्नेत,कमल घर्ति लगाएतका रहेका छन ।
साथै थप आर्थिक सहायताका लागि नेपालीको परिवारले अपिल समेत गरेका छन ।
प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार