२०८१ जेष्ठ ३० गते बुधवार

प्रजातन्त्र दिवसको अवसरमा तुलसीपुरमा दिप प्रज्वलन

तुलसीपुर,फागुन ८ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा तुलसीपुरमा दिप प्रज्वलन गरिएको छ ।


नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती दाङ र नेपाली तरुण दल तुलसीपुर नगरको संयुक्त आयोजनामा सोमबार बेलुकी तुलसीपुरको बिपि चोकमा दिप प्रज्वलन गरिएको हो ।

नेपाल बिद्यार्थी संघ दाङ जिल्ला सदस्य झग्गु भण्डारीको सभापतित्व एबं नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य आकास भण्डारीको प्रमुख आथित्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल तरुण दल तुलसीपुर नगरका अध्यक्ष कमल घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल बिद्यार्थी संघ दाङ्ग जिल्ला सदस्य अर्जुन भट्टराईले गरेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *