२०८१ बैशाख १० गते सोमवार

प्रजातन्त्र दिवसमा बिरामीलाई फलफूल वितरण


तुलसीपुर,फागुन ७ । प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ ।

नेपाल विद्यार्थी सघ केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुन्डि दाङले सोमबार प्रजातन्त्र दिवसका अवसरमा अस्पतालमा उपचारार्थ बिरामीहरुको स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको हो ।


सघका इकाइ कार्यबाहक सभापति पारस गिरीको सभापतित्व तथा नेपाल विद्यार्थी सघका केन्द्रिय सदस्य निरज गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सघका जिल्ला अध्यक्ष कुलराज पोख्रेल,नेपाली काग्रेस तुलसीपुर -१८ का सचिब बिदुर गौतम,केन्द्रिय आयुर्वेद विद्यापिठ बेलझुन्डि प्राचार्य प्रा . डा. रामचन्द्र अधिकारी,महेन्द्र बहुमुखी क्याम्पस घोराहीका सभापति मनोज डिसि लगाएतको उपस्थिति रहेको थियोे ।


उक्त कार्यक्रमको सहजीकरण इकाइ सचिब प्रदीप दाहालले गरेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *