२०८१ माघ ९ गते बुधवार

तुलसीपुरमा दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुने


तुलसीपुर,फागुन ७ । दाङको तुलसीपुरमा दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुने भएको छ।

यूथ अफ तुलसीपुरको आयोजनामा यहि फागुन १५ गतेदेखि १७ गतेसम्म उक्त प्रतियोगिता संचालन हुन लागेको सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।

युथ अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेका अनुसार कुस्ती प्रतियोगितामा भारत देखि ३० जना र नेपाली ५ जना गरि ३५ जना खेलाडीको सहभागिता रहने छन ।

प्रतियोगितामा ४ जना महिला खेलाडी पनि रहने लहरेले जानकारी दिए । पत्रकार सम्मेलनको सहजीकरण सचीव सुदिप नेपालीले गरेका थिए।

उक्त प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *