तुलसीपुुर, फागुन ७ । तुलसीपुरबाट आइतबार बिहान ९ बजेबाट हराइ रहेकी भनिएकी १३ बर्षीया बालिका बिपना वली तुलसीपुरको सुकौरामा फेला परेकी छन् ।
तुलसीपुर उपमहानगरपालिका– ५ की वली आइतबार बिहान बाहिनी चोकबाट सम्पर्क बिहीन बनेकी थिइन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलले बालिका राति तुलसीपुर उपमहानगरपालिका – ११ का एक स्थानीयको घरमा सुरक्षित राथ राखेको अवस्थामा फेला परेको जानकारी दिए ।
‘मेलामा नाँच्न नपाएको झोकमा एक्लै पैदल हिडेकी भन्ने छ,’ डिएसपी पोखरेलले भने ‘ अभिभावकले पढ्नपनि नजाने र नाच्नपनि नसक्ने भनेपछि त्यसैको चोटमा हिडेको भन्ने छ ।’
तुलसीपुरमा जारी महोत्सवमा नाच देखाउने चाहानाका साथ बिपनाले अघिल्लो दिन नै नाँच्ने ड्रेस भाडामा लिएकी थिइन । तर, उनले मेलामा नाच्ने अवशर पाइनन् । जस्ले गर्दा उनी रुष्ट थिइन ।
त्यसमाथि अभिभावकले सामान्ने संझाइ बुझाइ गर्दा उनी थप खिन्न थिइन ।
अभिभावकले भनेपनि उनी आइतबार बिहान भाडामा लिएको कपडा छोड्न बाहिनी चोक गएकी थिइन । त्यही बाट उनी सनकका भरमा आँफुखुसी सुकौरा रोड पैदल हिडेर त्यहाँसम्म पुगेको खुलेको छ ।
उनी तुलसी बोर्डिङ स्कूलमा कक्षा ६ अध्ययन छिन ।