२०८१ असार १० गते आइतवार

महायज्ञको आयब्यय सार्वजनिक,लक्ष्य भन्दा बढि आम्दानी


तुलसीपुर, फागुन ६ । गत माघ १३ गतेदेखि २० गते सम्म तुलसीपुरको अरनीको मैदानमा सञ्चालन गरिएको महायज्ञबाट लक्ष्य भन्दा बढि आर्थिक संकलन भएको छ ।

महायज्ञ मुल आयोजक समितिले आईतबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत ५ करोड रुपैया लक्ष्य लिएकोमा ५ करोड ४९ लाख ६२ हजार ३ सय ११ रुपैया संकलन भएको जानकारी गराईएको छ । खर्च ३१ लाख ७१ हजार ८ सय ७२ रुपैया कटाई खुद बचत ५ करोड १७ लाख ९० हजार ४ सय ३९ रुपैया रहेको मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेतले जानकारी दिए ।


सामान्य नगदी रशिदबाट २ करोड ६८ लाख ७१ हजार ३८ रुपैया, दानपात्रबाट ४ लाख ४१ हजार ६३ रुपैया,कलस बिक्रीबाट ६९ हजार ८ सय ५ रुपैया,भोजन प्रसादी तथा तुला दानबाट ८२ हजार २ सय १६ रुपैया र धान बिक्रीबाट संकलन ७७ हजार २ सय गरि २ करोृड ७५ लाख ४१ हजार ३ सय ८२ रुपैया नगद संकलन भएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष सुष्मा लामिछाने गिरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो ।
कुल प्रतिबद्धता रकम २ करोड ७४ लाख २० हजार ९ सय २९ रुपैया रहेको छ भने सबै भन्दा बढि नगद दान गर्नेमा मुल आयोजक समितिक संयोजक डिल्लीबहादुर बस्नेतले ५ लाख ११ हजार १ सय १५ रुपैया रहनुभएको कोषाध्यक्ष लामिछानेले बताउनुभयो ।

आर्थिक सहयोग गर्ने दाताको बिबरबण

५ लाख माथिको दाता २ जना,एकलाख देखि माथिको दाता४५ जना,५० हजार माथिको दाता १ सय १९ जना,२५ हजार माथिको दाता ३ सय ९७ जना रहेका छन् ।

कहाँ – कति खर्च ?

महायज्ञ स्थल तयारी खर्च ७ लाख २० हजार ९ सय ५०,खाद्यन्न खर्च २ लाख ४४ हजार ५ सय १५, स्टेशनरी खर्च ९ हजार १५,ढुवानी खर्च ९ हजार ९ सय ५०,ईन्धन खर्च५१ हजार ८ सय २०,क्याटरीङग खर्च ५९ हजार ५ सय ५०,लत्ताकपडा खर्च ४३ हजार ३ सय २८,कार्यालय उपकरण खर्च १३ हजार ९ सय र यातायात खर्च ६ हजार ९ सय ४० रुपैया रहेको छ ।

त्यस्तै, खपत सामाग्री भान्साका लागि ८० हजार ४ सय ९२,दाता सम्मान खर्च ८ लाख ५८ हजार ७ सय ७,ग्यास ईन्धन खर्च १५ हजार ६ सय , कलाकार खर्च २ लाख ६१ हजार, स्थानिय पण्डित खर्च ७४ हजार ५ सय,प्रचार सामाग्री तथा साधन खर्च ४ लाख ७३ हजार ४ सय २९,सुरक्षकर्मी खर्च ३६ हजार ३ सय ८३,पुजा सामाग्री खरिद खर्च ८५ हजार ६सय २४,अन्य कर्मचारी खर्च २२ हजार ५ सय , शौचालय निर्माण खर्च ५५ हजार ७ सय ४२,बिद्युत जडान खर्च ४ हजार १ सय ७१ रुपैया गरि कुल खर्च ३१ लाख २८ हजार १ सय ७२ रुपैया रहेको जानकारी गराईएको थियो ।


मुल आयोजक समितिका संयोजक डिल्लीबहादुर बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कोषाध्यक्ष सुष्मा गिरीले आय ब्यय बिबरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य सह संयोजक श्रवण कुमार आचार्य,धन्यबाद ज्ञापन सदस्य सचिव बुद्ध प्रकास सिंह र सहजिकरण प्रचार प्रसार उपसमितिका संयोजक सुशील बस्नेतले गरेका थिए

आईतबार बिबिध कार्यक्रम

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ र ७ को सीमा हलवारमा कम्तीमा पनि १५ करोड लागतमा मानव सेवा आश्रम बनाउने योजनाका साथ महायज्ञ संचालन गरिएको थियो ।

बाँकी रकम संघिय र प्रदेश सरकार सँग अनुरोध गर्ने तयारीमा मानव सेवा आश्रमको केन्द्रीय समितिले तयारी गरेको छ । दाङका केही स्थानीय तहले आश्रम निर्माणार्थ सहयोग गर्ने प्रतिबद्धता जनाई सकेका छन् ।

भाडामा बस्दै आएको मानव सेवा आश्रम परिसरमा आज आईतबार महायज्ञमा योगदान गर्ने ब्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको थियो भने मानव सेवा आश्रमको आर्थिक बर्ष २०७९ ÷०८० को आर्थिक प्रतिबेदन समेत सार्वजनिकरण गरिएको थियो ।

महायज्ञ मुल आयोजक समिति आईतबार देखि भंंग गरिएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *